Breaking

ओलीको मन्त्री बन्न कांग्रेसमा लफडा, आरजुलाई रोक्न गगनको दबाव, चन्द्र–प्रदीप रिंग आउट (भिडियोसहित)


काठमाडौँ— नयाँ समिकरणको सत्तामा आएसंगै कांग्रेस एमाले यतिवेला भागवण्डाको मोडालिटि टुङग्याउन लागि परेका छन् । अहिले २० मन्त्रालयमा भागवण्डा गरिरहेका उनीहरु प्रधानमन्त्रीमा ओलीले भोलि साँझ सपथग्रहण गरेसँगै मन्त्रीहरुको पनि सपथग्रहण गर्ने गरि लागि परेका हुन् । फलत ः अहिले भागवण्डाको विषय र मन्त्री बन्ने दौड उत्कर्षमा रहँदा कसरी हुदै छ त तयारी ?

प्रधानमन्त्रीमा केपी शर्मा ओलीसँगै मन्त्रीहरुले समेत सपथ लिने गरि एमाले कांग्रेसका नेताहरु लागि परेका छन् । त्यसका लागि भागवण्डा देखि को मन्त्री हुनेसम्मका विषय टुङग्याउनुपर्ने बाध्यतामा रहेका उनीहरु यो भागवण्डा भने २० मन्त्रालयका लागि गर्दै छन् । जहाँ दुई तिहाईको सरकार नेतृत्व गर्दै सरकारमा पुगेका ओली सकेसम्म प्रधानमन्त्रीसँगै मन्त्रिपरिषदलाई समेत पुर्णता दिने तयारीमा छन् भने त्यहि अनुरुप कांग्रेस पनि अघि बढेको छ । विगतमा महिनौँसम्म सरकार विस्तार हुन नसकेको तथा त्यसले सरकारको कामकारबाहीमा परेको प्रभावबाट पाठ सिकेका उनीहरु पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै पनि यसैको कसरतमा थिए । फलत : अहिले उनीहरुले कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ । त्यसका लागि उनीहरु केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमती गरेका हुन् । महत्व र सामथ्र्यका आधारमा गृह र अर्थ,परराष्ट्र र सन्चार,उर्जा र भौतिक पुर्वाधार,सहरी विकास र पर्यटनलाई एक श्रेणीमा राखिएको छ । जहाँ परराष्ट्र पाउनेले सन्चार छाड्नु पर्ने छ, भने ऊर्जा पाउनले भौतिक पूर्वाधार छाड्नु पर्ने छ । सहरी विकास एउटाले पाउँदा अर्कोले ऊर्जा पाउनेछ । यसले शक्ती सन्तुलन मिल्नेमात्र नभई अनावश्यक बार्गेनिङको सम्भावना समेत कम हुने छ । जसमध्ये गृह,सन्चार र परराष्ट्रमन्त्रालयमा कांग्रेसको दाबी देखिदाँ यो पल्ट उपप्रधानमन्त्री नहुने ओलीले अडान लिएका छन् । यहि कारण सम्भावित केहि अनुहार मन्त्रीहुनबाट पछि हट्दा मन्त्री टुङगाउन त्यति सहज नै भने छैन् ।

यता मन्त्रालयको भागवण्डामा मोटामोटि कुरा मिल्दा व्यक्तिकै नाममा समेत अनौपचारिक सहमती जुटेको चर्चा छ । जसमा गगन थापा पछि हटेपछि प्रकाशमान सिंहले कांग्रेसबाट नेतृत्व गर्ने तयारी छ । जसमा पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारीमा देउवा छन् । अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने लगभग निश्चित जस्तै भएको छ।

यो दौडमा चन्द्र भण्डारीसमेत रहँदा शंशाक कोईरालाबाट दिपक खड्का मन्त्री बन्ने सम्भावना बलियो छ । जहाँ गगनले दवाव दिएपनि प्रदीप पौडेललको भने मन्त्री बन्ने सम्भावना कमजोर छ । आफूतिर नखुलेका कारण शेखर कोइराला उनलाई बोक्न ईच्छुक देखिएका छैनन् भने देउवाले पनि उनको नाम मानिरहेका छैनन् । हुन त यो दौडमासहमहामन्त्री किशोर सिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणा समेत रहेपनि देउवाले आफू प्रधानमन्त्री बन्दा लग्ने भन्दै थुमथुमाएका छन् । यता एमालेबाट मन्त्रीको सम्भावित सूचिमा १५ जनाको नाम छ । जसमा सिनियरलाई लग्ने अनि नदोहोर्याउने रणनितिमा ओली रहँदा पदम गिरि भने दोहोरिने चर्चा छ । त्यस्तै अर्थमा उपाध्यक्ष विष्णु पौडेलले र महासचिव शंकर पोखरेलको चर्चा हुँदा पोखेरललाई मन्त्री बनाएर ६ महिनामात्र कार्यकाल रहने छ । जसमा पौडेलकै सम्भावना उच्च देखिदाँ महेश वर्तौला,सुनिता बराल जस्ता युवा तथा ओलीको प्रिय पात्र समेटिने सम्भावना कमै छ ।

हुन त एमालेले मन्त्री छान्न मापदण्ड बनाएको दाबी गरेको छ । तर ओलीले चाहेका बाहेक अरु मन्त्री हुने सम्भावना एमालेमा नरहँदा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि मन्त्रीको मापदण्ड बनाएको छ । उक्त मापदण्ड अनुसार योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने बताईएपनि यो गुट व्यवस्थापनको विषय मात्र हो । फलत : अहिले चर्चामा रहेका नाममा दुबै पार्टिबाट पुरै फरक पर्ने गरि परिवर्तन हुने सम्भावना कमै छ ।