Breaking

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड,योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर छनोट गरिने


काठमाडौँ— नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’