Breaking

ओली क्याबिनेटमा गगन–विश्वकै ‘इग्नोर’, देउवाको दैलोमा मन्त्रीको भिख


यतिखेर नेपाली कांग्रेसभित्र कसको नेतृत्वमा मन्त्रिपरिषद्मा सामेल हुने भत्रे रस्साकस्सी जोडतोडले चलिरहेको छ । सभापति शेरबहादुर देउवाबाहेक अन्य दोस्रो तहका नेताहरू उपप्रधानमन्त्रीसहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने दाउ बुत्रमा व्यस्त भइरहँदा पार्टी भित्र मन्त्री बत्रकै लागि पनि लफडा सिर्जना हुँदैछ । यता एमालेले भने मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।

एमाले–कांग्रेसको नयाँ समीकरणबाट सरकार बत्रे निश्चित भएपछि कांग्रेसभित्र पार्टीबाट मन्त्रिमण्डलको नेतृत्व हत्याउन र मन्त्री बत्रका लागि ठूलो दौडधुप छ । ११ वटा मन्त्रालय पार्टीको भागमा पर्दा राष्ट्रिय सभा र प्रतिनिधिसभाका भए भरका सबै सांसद मन्त्री बत्रे अभिलाषासहित सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ धाइरहेका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा देउवालाई सहयोग गरेका दोस्रो तहका अधिकांश नेताले आफ्नै नेतृत्वमा सरकारमा जाने इच्छा राखिरहेका छन् । दिल्लीमा उपचार गरेपश्चात् आराम गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवा पत्नी आरजू राणा देउवासँग राम्रो सम्बन्ध भएकी सिर्जना सिंहलाई लिएर देउवा निवासको दैलोमै पुगेर आफ्नो इच्छा व्यक्त गरेका छन् । त्यस्तै अर्का शीर्ष नेता कृष्णप्रसाद सिटौला पनि आफ्नै नेतृत्वमा पार्टी सरकारमा सामेल हुनु पर्ने लबिङमा छन् ।

गठबन्धनमा संविधान संशोधन गर्ने जस्तो गम्भीर मुद्दा उठेको हुँदा शान्ति सम्झौताको सुत्रधारसमेत भएका कारण आफ्नो विकल्प अरु हुनै नसक्ने उनको तर्क छ । पार्टी नेतृत्वसहित मन्त्रिपरिषद्मा जाने दौडमा महामन्त्री गगन थापा पनि छन् । कांग्रेस र एमालेको समीकरण बत्रुपर्छ भत्रे आफ्नै एजेण्डा भएको र गत क्याबिनेटमा पनि दुई उपसभापतिले नेतृत्व गरिसकेको हुँदा अब महामन्त्रीले गर्नु पर्ने भन्दै गगन सत्ता रेसमा छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफू मन्त्रिमण्डलमा सामेल नहुने बताइसकेपछि गगन थापाका लागि बाटो खुला भएको छ भने उनको एमाले नेतासँगको भेटघाट पनि बाक्लिएको छ ।

त्यस्तै कांग्रेसभित्र विपक्षी खेमामा रहेका शेखर कोइराला आफूलाई सत्ता यात्रा गर्न नदिए प्रतिपक्ष कित्तामा बस्ने भन्दै देउवालाई तर्साइ रहेका छन् । पार्टीले संविधानको धारा ७६ (२) अनुसार नै ओलीको सरकार बनाउनु पर्ने भनिरहँदा प्रचण्डसँगको भेटपछि ओलीको सरकार ७६ (३) मा जान सक्ने भन्दै सांकेतिक विरोध गरेका शेखरको अहिले फेरि बोली फेरिएको छ । यी बाहेक शशाङ्क कोइराला, बिमलेन्द्र निधि पनि अवसरको खोजीमा छन् । तर, नेतृत्वसहित मन्त्रिपरिषद्मा जान आधा दर्जन नेताहरू इच्छुक देखिए पनि यीमध्ये एकै जनाले मात्र नेतृत्वमा जान पाउने छन् ।

सबैजसो गुटका नेता सकेसम्म आफैँ जाने, नसके आफ्ना टिमका नेतालाई अवसर दिने दाउमा छन् । पहिलादेखि परराष्ट्रमन्त्री बत्रे चाहना व्यक्त गरेकी सभापति देउवापत्नी आरजु राणालाई कसैले रोक्न नसक्ने हुँदा रमेश लेखकको नाम पनि सूचीबाट नहट्ने पक्का छ । देउवा पक्षतिरैबाट ज्ञानेन्द्र कार्कीको पनि नाम चर्चामा छ तर, टेरामक्समा मुछिएको हुँदा उनी विवादित हुने देखिन्छन् । देउवाको प्रिय पात्र किशोरसिंह राठौर र आरजुको विश्वासपात्र रामहरि खतिवडा पनि मन्त्री बत्रे होडमा छन् । त्यस्तै यसबाहेक संस्थापनबाट विनोद चौधरी, शंकर भण्डारी, अजय चौरसिया, श्याम घिमिरे, उदयशमशेर जबरा पनि प्रमुख दाबेदार हुन् ।

शेखर–गगन पक्षबाट अर्जुननरसिंह केसी, जीवन परियार, राजेन्द्र बजगाईँ, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादवमध्येबाट मन्त्री बन्नेको टुंगो लगाउनु पर्ने लिस्ट तयार छ । देउवालाई पनि रिझाएर राखेका सहमहामन्त्री शेखर पक्षका बद्री पाण्डेको सम्भावना बलियो देखिँदा चन्द्र भण्डारी पनि शिक्षाको नेतृत्व सम्हाल्न लबिङ गरिरहेका छन् । गगन आफू मन्त्रिपरिषद्मा नगए प्रदीप पौडेल र प्रतिमा गौतमलाई अघि बढाउन प्राथमिक सूचीमा राखेका छन् । शशांकको कोटाबाट भने दीपक गिरी र दीपक खड्का दाबेदार छन् । तर, आफूमाथि पहिले नै अन्य पदको पनि जिम्मेवारी रहेको हुँदा गगन भने आफू मन्त्री बत्र होडमा नभएको स्पष्ट्याउँछन् ।

ठूलो भाग पाउँने हुँदा त्यही ठूलो भागबण्डा मिलाउनु पर्ने दबाव देउवालाई छ । यसपटक दुई वर्षको कार्यकला हुँने हुँदा भागबण्डा गर्न मुश्किल त छ नै महिला, दलित जस्ता क्लस्टरबाट पनि मन्त्री बनाउनु पर्ने बाध्यतामा उनी छन् । सबै खेमा मिलाएर ‘टिम’ पठाउने तयारीमा रहेको भनिए पनि दुवै सङ्घीय सदनका १०४ जना कांग्रेस सांसद देउवालाई रिझाउँन बुढानीलकण्ठ धाइरहेका छन् । संविधान संशोधनसहितका एजेण्डा लिएर बत्र लागेको नयाँ सरकारमा काम गर्नसक्ने र परिणाम दिनसक्ने नेतालाई मन्त्री बनाउनु पर्ने दबाब छ । कांग्रेसभित्र मन्त्री बत्रे र बनाउनेको लिस्ट लामै भए पनि सीमित संख्यामा मात्रै मन्त्री बन्न पाउने भएकाले मन्त्रीको लिस्टमा पर्नेबाहेक जुत्ता खियाउँदै बूढानीलकण्ठको दैलो धाउने अधिकांश नेताहरू पार्टीभित्र रुष्ट हुने निश्चित छ ।