Breaking

नारायणीले सतर्कता तह पार गर्ने, यी जिल्लामा बाढीको जोखिम


काठमाडौँ – देशका सानाठूला केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नारायणी नदी देवघाटमा जलसतहले सतर्कता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा निरन्तर वर्षासँगै नारायणीमा भोलि समेत बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

मर्स्याङ्दी नदी विमलनगरमा पनि जलसतह सतर्कता तहनजिक पुग्ने महाशाखाको अनुमान छ । नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन सचेत गराइएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्र्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी र अर्घाखाँची भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ । यस्तै, ताप्लेजुङ, संखुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्दो हुनेछ । पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीको जलसतह पनि उल्लेख्य बढ्दो हुने अनुमान छ ।