Breaking

सत्ताको छटपटीमा गीतको भाका, फत्तेमानदेखि अञ्जु पन्तसम्म


कांग्रेस–एमाले नयाँ सत्ता सहकार्यको निर्णयपछि बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समेत सांसदहरुबीच घोचपेच जारी रह्यो । स्पष्ट अल्पमतमा परिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन फेस गर्छु भनेर २८ गते विश्वासको मत लिने तयारी गरिरहेको बेलामा सदनमा सांसदहरु भने प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेकोमै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

थरीथरी भेषमा थरीथरी गीत । लाग्थ्यो यहाँ कुनै कभर सङको रेकर्डिङ भइरहेको थियो । तर, यो प्रतिनिधिसभा हो । र यो असर हो एमालेका मन्त्रीहरुले राजीनामा दिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाएको गीतको । एक्कसी धोका दिएको भन्दै प्रचण्डले ‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले’ भन्दै बेदना पोखेका थिए । संगीत सबैको सारथी भनेझैँ अहिले सांसदहरुको सारथी पनि संगित नै बनेको छ ।

सोमबारको संसदमा पनि केही यस्तै दृश्य देखिन्थे । कांग्रेस सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीतको ‘ओराली लागेको हरिणको चाल भो’ भन्दै गीत सुनाए । लगत्तै एमालेका महेश बर्तौलाले प्रचण्डप्रति लक्षित गर्दै भने– ‘तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ।’ त्यसपछि प्रधानमन्त्रैको प्रतिपक्षमा माओवादीका पूर्णबहादुर घर्तीले ’कति जल्छौँ आरिशले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर।’ भन्दै गीत सुनाए । तब संसदमा हासोको फोहरा नै निस्किएको थियो ।

नयाँ समीकरण बने पनि नयाँ सरकार बनाउन संवैधानिक जोखिम देखिएके छ ।यस्तो अवस्थामा संविधान संसोधनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यकतामै माओवदीले प्रश्न उठाइरहेका बेला कांग्रेस र एमाले भने नयाँ समीकरणको औचित्य पुष्टि गर्न लागिपरेका छन् । माओवादी सांसद माधव सापकोटाले भुटानी शनार्थी प्रकरण् सहित अन्य भ्रष्टाचारका फाइल खुल्न थालेपछि कांग्रेस एमाले डराएको आरोप लगाए । एमालेका अधिकांस सांसदको त एउटै माग थियो– प्रधानमन्त्रीको राजीनामा ।।

हुन त राजनीति र साहित्य फरक बिधा हुन् । तर, साहित्यले धेरै हदसम्म राजनीतिमाथि व्याङ्ग्य गर्ने गरेको छ । यतिमात्र नभइ सोमबार र माओवादीका एक सांसदले गोही र पण्डितको एक नीति कथा पनि सुनाएका थिए । तर केही सांसदहरु कहिले झगडा त कहिले गीतका अन्तरा र टुक्का भनेरै आफूहरुको पाँच वर्ष बित्नेमा चिन्ता व्यक्त गर्छन् ।

एमालेले प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा प्रतिपक्षी सिटमा बसेर आलोचनामा छ । संसदमा नयाँ समिकरण बनेदेखिनै एमाले एक्लैले सवालजवाफको सामना गरीरहेको छ । कांग्रेस र माओवादीका शीर्ष नेताहरुले संसदमा फेस गर्न सकेका छैनन् । सम्भवतः उनीहरुको पालो असार २८ गते प्रधानन्त्रीले विश्वसको मत लिएको दिन तोकिएको हुनसक्छ ।