Breaking

जेठ २८ यता विपद्‍मा ७४ जनाको मृत्यु, २ हजार घरपरिवार विस्थापित


काठमाडौं । अविरल वर्षाले आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी पछिल्लो एक महिनामा ७४ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म ७४ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी, पहिरोलगायतका विपद्‍मा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा २२, कोशी र लुम्बिनीमा १८–१८, बागमती, कर्णाली र सुदूरपश्चिममा ४–४, मधेशमा ३ र काठमाडौं उपत्यकामा १ जना गरेर ७४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।

गण्डकीमा २६, कोशीमा २१, कर्णालीमा १५, सुदूरपश्‍चिममा १०, मधेशमा ५, बागमती र लुम्बिनीमा ४–४ र काठमाडौं उपत्यकामा ३ जना गरी ८८ जना घाइते भएका छन् ।

घाइतेलाई उपचार गर्न स्थानीय अस्पताल पु¥याउनुका साथै कोशीमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता डीआईजीपी कार्कीले बताए ।

बाढीको कारण १६१ घर डुबानमा परेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार २९६ घरपरिवार विस्थापित भएका छन् ।