समाज

कञ्चनपुरमा पानीमा डुबेर दुई किशोरीको मृत्यु


कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

एक जना अझै बेपत्ता भएकी प्रहरीको भनाई छ । आज दिउँसो पुनर्वास नगरपालिका–५ को घ गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेका छन् १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् ।

आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।