Breaking

मुकुल ढकालबारे निर्णय लिन रास्वपाले बोलायो बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालबारे निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक भोली विहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बोलाइएको हो । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने रास्वपाले जनाएको छ ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।