Breaking

प्रचण्डलाई सत्ता छोड्न अल्टिमेटम, रविको एक्सनले सरकार ढल्दै


आइतबारको संसद वैठकमा सांसहहरुबीच नयाँ सत्ता समीकरण, संविधान संशोधनको बिषयलाई लिएर घोचपेच नै चल्यो । साथै देशभर बाढी पहिरोका कारण भएको क्षतिको विषय उठान गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणको सहमति पछि बसेको आइतबारको संसद वैठकको सुन्यदेखि विशेष समयमा समसामयिक बिषयलाई लिएर सांसदहरुबीच बाझाबाझ कै स्थिती सिर्जना भयो । बैठकमा कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्कसमेत गरे । सत्तापक्ष र विपक्षी सांसदहरुलेसंविधान संशोधनको विषय र नयाँ समीकरणलाई लिएर जोडदार आवाज उठाए ।

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई विश्वासघात गरेकाले कांगेससँग सहमति गरेको बताए । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समीकरणको सम्बन्धमा कांग्रेस र (एमाले)ले गरेको सहमति अपारदर्शी भएको जनाउँदै आपत्ति प्रकट गरे ।उनले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको दाबी गरे । एमालेप्रति लक्षित गर्दै उनले गिरिबन्धु टि इस्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन धम्कीपूर्ण चेतावनी नै दिए।

बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले संसद्को कामलाई पनि छेकेको कांग्रेसको तर्क छ । बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको कांग्रेस सांसद रामहरि खतिवडाले उल्लेख गरे । साथै संसद्ले त्यसलाई पन्छाउनुपर्ने र सरकारले कुनैपनि काममा अवरोध गर्न नहुने खतिवडाको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्ता समीकरणप्रति आक्रोश पोख्दै गृह मन्त्रालयले विभिन्न भ्रष्टाचारको फाइल खोल्न एक्सनमा उत्रिएपछि अत्तालिएर दलहरूले सरकार परिवर्तन गरेको बताएको छ ।सांसद गणेश पराजुलीले आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरूद्धको कारबाहीबाट जोगाउनकै लागि दलहरूले सरकार परिवर्तन गरेको बताए । पराजुलीले विपदको बेलामा जनतालाई सरकार भएको महशुस दिनुको सट्टा स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छाडिदिएर सरकार परिवर्तनमा लागेको बताए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले दुई ठूला पार्टीबीच भएको सहमति भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु काण्ड लुकाउनका लागि भएको आशंका व्यक्त गरेका छन् । उनले एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भनेर प्रश्न गरेका हुन् ।

वैठकमा सांसदहरुलेआफनो निर्वाचन क्षेत्रदेखि देशभरआएको विपत्तिमा गृहमन्त्रालयको ध्यानाकर्षण गराए । बाढीपहिरोले जनजीवन प्रभावित भइरहँदा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेकाछन् ।