Breaking

प्रधानमन्त्री नबन्दै अफ्ठ्यारोमा ओली, रवि–प्रचण्डले निहुँ खोजे


काठमाडौँ – राजनीतिक स्थिरताका लागिसंविधान संशोधनको एजेण्डासहित नयाँ सरकार बन्दै गर्दा सरकारले उद्देश्य पूरा गर्नेमा आशंका व्याप्त छ । संवैधानिक व्यवस्थाका कारण केपी शर्मा ओली प्रधानमन्त्री बन्नेमै प्रश्न उठ्दा काण्ड मिलाउन बनेको आरोप खेपेको नयाँ समीकरणले चमत्कार गर्नेमा प्रश्न उठेको हो । जुनप्रधानमन्त्रीको शपथ ग्रहण गर्न दौरासुरुवाल सिलाएर बसेका ओलीलाई पहिलो गाँसमै ढुङगाका रुपमा देखिँदा केके छन् त उनका अफ्ठ्यारा ?

संविधान संशोधनमार्फत राजनीतिक स्थिरताकोएजेण्डासहित बनेको समीकरणबाट प्रधानमन्त्री बन्न लागेका केपी शर्मा ओली शुरुकै दिनबाटसमस्यामा देखिएका छन् ।पहिलो कुरा त उनलाई संवैधानिक व्यवस्था नै चुनौतीका रुपमा देखा परेको छ । अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि प्रधानमन्त्री बन्ने आशमा रहेका ओलीले शुरुमै अदालती झन्झट व्यहोर्ने पक्का छ । यसले संविधानको सर्वस्वीकार्यता बढाउनका लागि एक भएकाहरुले नै संविधान मिचेको पुष्टि पनि गर्नेछ ।
यही कारण प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै एकोहोरो रुपमा ओली लाग्दा उनको डर हटाउन कांग्रेसले संसदीय दलको बैठकबाटै अब बन्ने सरकार संविधानको धारा७६ को उपधारा ३ अनुसार बन्ने निर्णय नै गराएको छ । मुख्य कुरा त यसले ठूलो दलले सत्ता चलाउने थितिविरुद्ध प्रचण्डले सत्तालिप्सा देखाएको आरोप नै खण्डन हुनेछ । अर्थातदोश्रो ठूलो दल ओलीले किन संविधानसम्मत हुने तथा लोकतान्त्रिक देखिने बाटो रोजेनन् भन्ने प्रश्न बलियो बनाउने छ ।

सँगै यसले राष्ट्रपतिको सादगीमाथि दाग लगाउने अवस्था सिर्जना गर्दा यो गठबन्धनका लागि दिनरात लागेका ज्ञानेन्द्र कार्कीलाई मन्त्री बनाउनुपर्ने बाध्यतामा ओली छन् । यसले टेरामक्स प्रकरणमा मुछिएका नेता झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन गएको भन्दै उनले दिएको अभिव्यक्ति भारी पर्ने छ । हिजो कांग्रेसले घाटीका नसा तन्किउन्जेल प्रहार गरेका र ओलीले काँध हालेका रवि लामिछाने मुछिएको सहितका सहकारी ठगी प्रकरणको अनुसन्धानको निष्कर्ष समेतले ओलीको चरित्र प्रष्ट हुने छ ।

हुन त प्रचण्डले कांग्रेससँग समीकरण बनाउँदा यसलाई अप्राकृतिक करार गरेका ओलीलाई अब त्यसको औचित्य पुष्टि गर्न पनि त्यति सहज छैन । अर्कातर्फ कांग्रेस एमाले नै मिल्दा उनीहरुको आगामी चुनावी मुद्दा के हुने र के फरक छ भन्ने मै पनि प्रश्न उठने छ । त्यस्तै साना दल सकाउने उनीहरुको भाष्यले ठूला दलले चाहे सिण्डिकेट कायम गरेर संविधान नै तोडमोड गर्ने हो भन्ने अर्को प्रश्नसमेत बलियो छ । यी सबैको उत्तर दिन ओलीलाई सकसपूर्ण नै देखिँदाआफैँले गाली गरेको बजेट कार्यान्वयन पनि अर्को चुनौती हुनेछ ।


त्यस्तै कांग्रेसकै कारण अर्थतन्त्र धरापमा परेको बताउने उनले त्यसैलाई बोकेर देशको अर्थतन्त्रमा चमत्कार गर्नु छ । त्यस्तै प्रचण्डले देखाउनकै लागि भए पनि सुशासनका नाममा खोल्न शुरुवात गरेको फाइलहरुको अनुसन्धानमा अब हुने घटनाक्रमको विकासँग पनि यो सरकारको छवी जोडिने छ । अर्थात वेचन झा पक्राउपछि नक्कली भुटानी शरणार्थी प्रकरण कसरी अघि बढ्छ ?अर्को प्रश्न रहँदा यसैले काण्ड मिलाउन यो समीकरण बनेको हो÷होइन प्रष्ट हुनेछ ।अन्यथा यो पटक प्रधानमन्त्री बन्नकै लागि ओलीले फेरि संविधान मिचेको मात्रै नभएर काण्ड मिलाउनकै लागि आफ्नै अडान छोडेको पक्का हुने छ ।

संसदकै दुई ठूला दलको सरकार बनेपछि आमनागरिकका अपेक्षा यसैपनि बढ्ने नै भए । त्यस्तै कांग्रेस सत्तामा हँुदा एमाले गाली गर्ने र एमाले हुँदा कांग्रेसले गाली गरेर सत्तामा फर्किने बाटोसमेत यो पल्टबाट अन्त्य हुनेछ ।यसलाई नयाँले मुद्दा बनाउने बाटो पाउँदा त्यसैले केही गरेरै देखाउनुपर्ने लाजगालमा ओली रहने छन् । तर दुबै छिमेकी चिढाएर ओलीले कसरी काम गर्छन्? प्रश्न पेचिलो छ । त्यस्तै कम्युनिष्ट फुटाउनु मुख्य उद्देश्य भएका कांग्रेस सभापति शेरबहादुर देउवा योजनामासफल भइसकेको अहिलेको अवस्थामा प्रचण्डप्रति त्यति कडा हुने सम्भावनासमेत छैन । जहाँ ओलीले नै छोडेपनि सघाउन ठिक्क परेका प्रचण्ड र आफ्नै पालो आउने संविधानको सुविधाले कांग्रेसले नै यो पल्ट एमालेको परीक्षा नलेला भन्न सकिँदैन ।