अन्तर्राष्ट्रिय

फ्रान्स निर्वाचन : म्याक्रोनको परीक्षा, २८ वर्षीय बर्डेलाको चुनौती


फ्रान्समा आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदैछ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जित्ने अपेक्षा गरिएको छ ।

फ्रान्सको संसदमा अति दक्षिणपन्थी पार्टी नेशनल र्याली पहिलो पटक सरकार चलाउने लगभग पक्कापक्की भएको छ । सरकारमा आउने भएपछि नेशनल र्याली पार्टीका समर्थकमा खुसीको लहर देखिएको छ । निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदानमा दक्षिणपन्थी पार्टी सत्तामा आउने पक्का भएको हो । पहिलो चरणमा अग्रता हासिल गरेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्याली (आरएन) ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर प्राप्त गर्न लागेको हो ।

पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३३ दशमलव १४ प्रतिशत मतका साथ अग्रता लिएको थियो । गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल र्याली विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए ।

यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो । पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल ¥यालीका नेता मारिन ले पेनले भनिन्, ‘इमानुएल म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।’ हुन पनि इमानुएल म्याक्रोनको उदय अचम्मकासाथ देशभर भएको थियो । २०१७ मा राजनीतिक दल खोलेको एक वर्षमै म्याक्रोन राष्ट्रपति बनेका थिए । ३९ वर्षीय म्याक्रोन आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरका राष्ट्रपतिसमेत बनेका थिए ।

तर जसरी सरकारमा आउन सझिलो भयो उनलाई सरकार टिकाउन जनतालाई आफ्नो पक्षमा तान्न सकेनन् । नेशनल ¥यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले आफूलाई भोट दिए उनीहरूको प्रधानमन्त्री बन्न आफू इच्छुक रहेको बताएका थिए । फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ ।

युरोपेली संसदको चुनावमा राष्ट्रिय ¥यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए । ३९ वर्षीय म्याक्रोनले सबैभन्दा कान्छो राष्ट्रपतिको रुपमा बनाएको कीर्तिमान यो चुनावको नतिजापछि २८ वर्षीय नेता बर्डेलाले तोड्न लगभग निश्चित छ । उनी राष्ट्रपतिको कुर्सी नजिक पुगेका छन् । उनी फ्रान्सको राष्ट्रपति भए इतिहासमा सबैभन्दा कान्छो राष्ट्रपति हुने छन् ।