Breaking

कम्युनिस्टका दुस्मन कम्युनिस्ट, ओली–प्रचण्डको फाइनल भिडन्त, धोकाधडीले बरालिँदै


काठमाडौँ – सत्ता र शक्तिका लागि जुनसुकै मुद्दा र अवस्थामा पनि मिल्न र फुट्न सक्ने कम्युनिष्टहरू नै आपसमा भिडिरहेका छन् । आफू सच्चिनुभन्दा अर्कालाई सिध्याएरै स्थापित हुने होडबाजीमा रहेका कम्युनष्टिहरू सत्ताकै लागि जुधिरहेका छन् ।

कम्युनिष्टहरूको ६० प्रतिशतभन्दा बढी मत रहेको नेपालमा सबैले आ–आफ्नै सटर चलाएर बसेका छन् । नीति र सिद्धान्तबाट प्रभावित भएरभन्दा पनि भोटका लागि कम्युनष्टि बनेकाहरू विभित्र नाममा विभाजित छन् । सर्वोच्च अदालतको तत्कालीन नेकपा विभाजनको आदेशपछि मुख्यत नेपालमा दुई धारमा चिरिएका कम्युनिष्टहरू एक अर्कालाई समाप्त गर्ने कोससमा लागि नै रहेका छन् ।

नेकपा एमालेको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको राजनीतिक भविष्य सिध्याएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट ध्रुवको नेतृत्व गर्न चाहन्छन् भने प्रचण्डलाई सकेर कम्युनिष्टको गद्दीमा बस्ने ओलीको इच्छा छ । कम्युनिष्टलाई आफ्नो अधीनस्थ बनाउने यी दुईको शक्ति संघर्ष अहिले सत्ता सञ्चालनमा पनि छरपस्ट हुने गरि देखिएको छ । प्रचण्डको सरकार ढालेर ओली आफ्नो नेतृत्वको कम्युनिष्ट सरकार बनाउने तरखरमा छन् । २०८४ सम्म प्रचण्ड नै प्रधानमन्त्री बन्ने भन्दै हिँडेका ओली अहिले आफैँले प्रधानमन्त्री पाउने भए पछि तिनै प्रचण्डलाई ‘व्याककिक’ हानेका छन् ।

एमाले, माओवादी लगायतका कम्युनिष्टहरूकै समीकरणबाट सरकार बन्दा उत्साहित देखिएका कम्युनिष्टहरू सत्ताका लागि ओलीले घात गरेपछि रुष्ट छन् । कम्युनिष्ट कित्ताको नेतृत्व गर्छु भत्रे ओलीले नै कम्युनिष्टलाई सक्न लागेको भन्दै उनीहरू ओलीमाथि आक्रामक देखिएका छन् । विगतमा दुई तिहाईको कम्युनिष्ट सरकार पनि ओलीकै कारण ढलेको हुँदा जहाँ हात राख्यो त्यसैलाई भष्म पारिदिने असुर भन्दै ओलीलाई ‘भष्मासुर’कै संज्ञा दिन थालेका छन् । कम्युनष्टिकै सरकार ढालेर कम्युनष्टिकै अर्काे व्यक्ति प्रधानमन्त्री बत्रे तयारीमा ओली हुँदा कम्युनिष्टहरूमा बिछट्टै छटपटी छ ।

एमालेलाई एक्ल्याउँदै समाजवादी मोर्चाको गठन गरेका वामपन्थीहरू र ओली सत्ताका लागि एकअर्कालाई आफूले सकेजति नंग्याउने प्रयासमा छन् । सात वर्षदेखि निरन्तर सत्ता पक्षको कित्तामा रहेका प्रचण्ड–माधवलाई ओली नेतृत्वको सरकारले सिधै प्रतिपक्षी बेञ्चमा पु¥याउँदै छ । एमाले र कांग्रेसको मिलनले उनीहरूको सत्ता व्यवसायको दोकान बन्द हुने भएपछि सदनमा सत्ता र प्रतिपक्ष दुवैतर्फ कम्युनिष्ट कम्युनिष्टबीच नै भिडन्त देखिन थालेको छ ।

शक्ति संघर्षमा लागेका कम्युनिष्टहरू एक अर्कालाई सिध्याउनमै लागिपरेका छन् । एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा, माओवादी केन्द्र एक ठाउँमा उभिर खिया लागेको एमाले सकिने दिशातिर उन्मुख भएको बताइरहेका छन् भने एमाले पनि आफूहरुलाई कसैले हल्लाउन नसक्ने दाबी गरिरहेको छ । एकले अर्काको आलोचना गर्नमै समय बिताइरहेका कम्युनिष्टहरू आफू सच्चिएरभन्दा पनि अरुलाई दोष थोपरेर आफू स्थापित हुन खोज्ने दाउमा हुने गरेको जानकार बताउँछन् ।

सत्ताका लागि एकले अर्कालाई धोका दिने कम्युनिष्टहरूको चलन पुरानै हो । आफ्नो तेस्रो कार्यकालको दुई महिनामै प्रचण्डले ओली छोडेर देउवा बोक्दा अहिले ओली पनि प्रचण्डबाट देउवातिर सरेका छन् । यो भिडन्त सरकार निर्माणसम्म मात्रै पनि हुने देखिँदैन । १८ महिना कम्युनिष्टको सरकार चल्दै गर्दा १३ महिना सदनको प्रमुख प्रतिपक्षी पनि कम्युनिष्ट नै थिए र अब नयाँ समीकरणबाट बत्रे सरकारको प्रतिपक्षमा पनि कम्युनिष्ट नै हुने छन् । कम्युनिष्ट विचार, सिद्धान्त र नीतिलाई तिलाञ्जली दिएर सत्तामा रमाउने बानी परेका नेताहरू कम्युनिष्टका नाममा आफू आफू भिडिरहने श्रृंखला अझै कति जाने हो, यसै भन्न सकिने अवस्था छैन ।