Breaking

सुदूरपश्चिममा कांग्रेस र एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा


काठमाडौ । सुदूरपश्चिममा कांग्रेस र एमालेले सयूक्त रुपमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् ।

आज दुबै दलले सयुक्त हस्ताक्षरित वक्तव्यमार्फत मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा हस्ताक्षरित वक्तव्यमा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको, सोडारी सरकार अल्पमतमा परिसकेको र अब सरकारमा बसिरहन मुख्यमन्त्रीलाई नैतिक आधार नभएकाले भन्दै मार्ग प्रशस्त गर्न भनिएको छ ।

साथै बहुमत गुमाइसकेका मुख्यमन्त्रीलाई दैनिक कामकाजबाहेक कुनै पनि काम नगर्न आग्रह गरिएको छ ।।