समाचार

कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्यायो


काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

कांग्रेसले जनार्दन सिंह क्षेत्री, सुनिल यादव, कौशल राय र शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको कांग्रेस नेताहरुले जनाएका छन् ।

मधेशमा कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिचाईँ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको छ ।