Breaking

बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरुभयो : माधव सापकोटा


काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताउए । उनले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताएकाछन् ।

सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताए । नेकपा(एमाले)प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए ।