Breaking

यो वर्षकै डरलाग्दो बर्षा, काठमाडौं डुब्यो, कोशीको ढोका खुल्यो, आफ्नो ज्यान आफै जोगाऔं (भिडियोसहित)


काठमाडौँ— गएराति परेको निरन्तरको बर्षाले काठमाडौं उपत्यका सहित देशभरको जनजीवन प्रभावित भएको छ । बाढी पहिरोबाट आजमात्र ३ जनाको मृत्यु भएको छ १४ घरमा क्षति पुगेको छ ।
गएराति देखि परेको अविरल बर्षाका कारण, देशैभरको जनजिवन प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । विभागले बाढी, डुबान तथा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।बाढी पहिरोका कारण देशभर ३६ बढीसडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । आवागमन वन्द हुदाँ लामो दुरीमा यात्रा गर्ने यात्रुहरु बीच बाटैमा अलपत्र परेकाछन् ।
कहाँ–कहाँ अबरुद्ध छ सडक ?
–काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध।
–चन्द्रागिरि वडा नम्बर ४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध ।

– भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध ।

–कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्ग लगाएतका मुख्य राजमार्ग अबरोध हुदाँ यातायात ठप्प ।
– सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द।
– मनाङको चामेमा बाढीका कारण चामे–बेशीसहर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध ।

–म्याग्दीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध।

अविरल वर्षाका कारण रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ । अन्य कुन ठाउँ कहाँ कहाँ अबरुद्ध छन् यो सूची ।

वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् । मध्यपुर थिमी नगरपालिका–२ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । बल्खु तरकारी बजार पूर्ण रुपले डुबेको छ । काठमाडौंको बागमती, विष्णुमति हनुमन्ते, धोविखोला लगायतका बाढी आउदा आसपाका बस्तीहरु प्रभावित भएकाछन् ।काठमाडौं महानगरपालिका भित्र पर्ने घट्टेकुलोमा भित्री सडक भासिएको छ ।उपत्यकाका खोला किनार अहिलेसम्म खतरामुक्त देखिएको तर निरन्तर पानी परिरहेकाले नदी खोलास्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले माईकिन गरेरै सचेत गराएको छ।

देशभर बाढीपहिरोले जनजीवन प्रभाविवत भइरहदाँ जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएकाछन् । विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

निरन्तरको वर्षाले ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा अत्याधीक बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले
काठमाडौँ उपत्यकामा रहेका बल्खु, धोवीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते खोलामा बाढीको जल सतह खतराको तहमा रहेको जानकारी दिएको छ । अपरान्ह देखि बर्षा रोकिएकाले राति पानी नथपिएमा क्रमिक रुपमा जलसतह घट्दै जाने छ । यद्यपी
आइतबारसम्म वर्षा जारी रहने सम्भावना रहेकोले यी क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
उता नारायणी नदी, मेलम्ची नदीमा पनि बाढीको अवस्था खतराको तहमा पुगेको छ ।डुवानमा परेका बस्तिहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीले डुवानमा उद्दार गरिरहेका छन् ।
यता, सप्तकोशी नदीमा पानीको बहाब बढेपछि ३४ वटा ढोका खोलिएको छ। सप्तरी र सुनसरी जिल्लाको सीमा भएर बग्ने सप्तकोशी नदीमा पानीको बहाब बढ्ने क्रम जारी रहेको र चारबजेको तथ्यांक अनुसार २ लाख ७२ हजार ४८५ क्यसेक प्रति सेकेन्डका दरले पानीको बहाब रहेको सप्तरी प्रहरीले जनाएको छ ।

गण्डकीमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलिएकोे छ । मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
वर्षाकै कारण दोलखामाबाढीले तीन घर बगाएको छ भने एकजना बेपत्ताभएकाछन् ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।

यता, पहिरोमा पुरिएर काठमाडौंको नागार्जुन नगरपालिका–३ सिंगल ट्रि नजिकै एक जनाको ज्यान भएको छ ।शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । अविरण वर्षासंगै आएको बाढी र पहिरोका कारण विभिन्न स्थानमा धनजनको क्षति भएको छ । बाढी पहिरोले घर सहित गाडीहरु बगाउँदा ठूलो मात्रामा जनधनको क्षति भएको छ।