Breaking

प्रचण्डको दूत भारतमा, ओली सशंकित, माधव–रविको जोडमा अदालतदेखि सडक तताउने प्रचण्डको तयारी (भिडियोसहित)


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्तामै रहेर प्रतिपक्षको तयारीमा जुटेका छन् । नयाँँ सरकारलाईे कानुनी मुद्धा बनाउने रणनितिमा देखिएका उनी त्यो सफल नभए के गर्न सकिन्छ भन्ने अर्को तयारीमासमेत छन् । फलत ः भारमा दुत पठाउने देखि विपक्षी एक गराउने बाटोसम्मको तयारीमा रहेका उनले गर्न सक्ने काम के हो ?
सत्ता गुम्ने छटपटिमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू विरुद्धका जुनसुकै समिकरण तोड्ने आत्मविश्वासमा छन् । लिखित सहमति गरेर दुई ठूला दल एक ठाँउमा उभिदा समेत विश्वासको मत परिक्षण गर्ने उनी एमाले र जसपा बाहेकका मन्त्रीलाई विश्वास दिलाउन समेत सफल भएका हुन् । फलत ः खल्तीमै राजिनामा वोकेका राष्ट्रिय स्वतन्त्र पार्टि र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु गोरु व्याउला कै आशामा देखिन्छन् । जसमा ठूलो दलको नेता प्रधानमन्त्री हुने संविधानको वाटोसम्म राजनीतिक परिस्थिती धकेल्ने देखि विदेशी शक्ती फकाउनेसम्ममा प्रचण्डको पनि दौडधुप छ । फलत : तिस दिन भएपनि सत्ताको लिप्सा देखाएको आरोपलाई उत्तर दिने गरि २८ गते विश्वासको मत लिने उनको तयारी छ ।


चमत्कार नै भएबाहेक त्यहि दिन आफू सत्ताच्यूत हुने पक्का भएपनि उनी यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्ने खेलमा लाग्ने छन् । प्रचण्ड नेतृत्वको सरकार उपधारा २ अनुसार बनेको हो । तर उनले सत्तामा छोड्ने पक्का भएपनि विश्वासको मत नै लिएर उपधार ३ मा पुर्याएर अदालती विषय बनाउने तयारी गरेकाछन् ।
यसले तत्काल सफलता नमिले पनि संविधान मिचेर ओली प्रधानमन्त्री भएको भाष्य निर्माण हुनेछ भने उनकै पालामा सधै यस्तो हुने गरेको अर्को धारणा विकास हुने छ । त्यो भन्दा महत्वपूर्ण कुरा तत्काल ओली प्रधानमन्त्री भएपनि अदालतको फैसाल देउवा प्रधानमन्त्री हुने खालको आए उनले प्रचण्ड नै वोकेर नयाँ समिकरण कै खेल नखेल्लान भन्न सकिदैन् । अर्थात प्रचण्डले उदेश्य देउवाले अदालत देखाएर नेतृत्व लिनसक्ने डर ओलीमा पैदा गर्ने मुख्य देखिदा यसले दुई पार्टिका बीच अविश्वास खडा गर्ने छ ।

हुन त अहिले नै पनि माओवादीले संविधान संसोधनको नाममा २०४७ को संविधान ल्याउने तयारी भएको भन्ने र पश्चगामीको संज्ञा दिईसकेको छ । त्यस्तै प्रचण्डले भारतमा दूत पठाईसकेका छन् भने ओलीलाई यो शक्तीले मन नपराउने फाईदा उठाउने हरसम्भव प्रयासमा उनी भएको यसले पुष्टि गरेको छ । त्यस्तै दुईचोटि धोका खाएको चिनिया फ्याक्टर चुप नबस्ने फाईदा समेत प्रचण्डलाई रहँदा प्रतिपक्षमै पुगेपनि देउवा र ओलीले खेल फेरि नबिगार्लान् र पासा पल्टिएर प्रचण्डकै हातमा नआउला भन्न सकिन्न । त्यसबाहेक सत्तामा जाने बाटो बन्द भएका रास्वपा,ओलीका कारण नसमेटिने डरमा रहेका माधवलाई वोक्ने तथा समाजवादी मोर्चालाई शशत्त बनाउने अर्को बाटो पनि उनीसंग हुने छ । अर्थात कम्युनिस्ट एकता र वाम गठबन्धनको विकल्प उनका लागि अझै सकिएको छैन । कथम कदाचित कांग्रेसले ओलीसँग असहज माने, चीनिया शक्ती बलियो भयो वा कम्युनिस्ट एकता र वाम गठबन्धनको बहस बलियो बने प्रचण्डका लागि अझै उथलपुथलको सम्भावना वाँकि नै रहने छ । अहिले नै पनि अशोक राई र प्रदीपबीच नै भिडन्त छ, जसपा सत्तामा जाने कि नजाने के गर्ने भनेर मतभिन्नता देखिदाँ साना दलका यस्तै कलहमा खेल्ने तयारीमा रहेका उनले साना दल सक्न ठूला दल लागेको मुद्धा बनाएर यसलाई एकीकृत गर्दै शक्ती सन्चित नगर्लान भन्न सकिदैन् ।

मुख्य कुरा त प्रचण्डको रणनिति नै धक्का, क्रमभंगता, महाविपत्ति र छलाङ हो । जुन यसपालि सफल नबन्दा यो उनको तेश्रो कार्यकाल कि अन्तिम यसै भन्न सकिने अवस्था छैन । किनभने अब माओवादीको अपराधीकरणको डर देखाएर पूर्वमाओवादीलाई एक बनाउने बाटो नै पनि उनीसँग छ । त्यस्तै शुशासनका मुद्धा र सरकारले चालेको कदमलाई विज्ञापन गर्ने र त्यसमा विकास नभए सत्ता पक्षलाई प्रहार गर्ने बाटो पनि छ । तर यसले निरन्तर घटिरहेको उनको शाख फर्किएर जंगलबाट फर्किदाको जस्तो रापताप भने रहने छैन । नत हतियार उठाएर जंगल फर्किने तथा त्यसैलाई क्रान्ती भन्दै नागरिकमा भ्रम छर्ने सम्भावना नै बाँकि छ ।