Breaking

धरापमा देउवा–ओली समीकरण, प्रचण्ड–शेखर भेटले तरंग, भारतको बलमा नयाँ खेल, अब के हुन्छ ? (भिडियोसहित)


काठमाडौँ— पेलेरै अघि बढ्ने बाटोमा रहेको नयाँ सत्ता समिकरण, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दौडधुपले शंशकित बन्न थालेको छ । कांग्रेसका नेताहरु नै शंशकित बन्ने,विदेशी शक्ती प्रयोगमा प्रचण्ड लाग्ने र घटनाक्रम त्यसरी नै विकसित हुने डरमा नेताहरु छन् । जसले लागु नै नभई ओली देउवाको सहमतीमा पानी खनिने त हैन भन्ने प्रश्न उब्जिदा त्यसको सम्भावना कति छ त ?

धोका खाएकाहरु एक ठाँउमा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सवक सिकाएको भाष्यकाबीच नयाँ आशंका शुरु भएको छ । विदेशी शक्ती फकाउन भारतमा टोली नै पठाउने देखि आफू अनुकुल रहेको संविधानको धारा प्रयोग गर्ने उनको बाटोले नयाँ खिचडी पाक्ने त हैन भन्ने चासो बढेको हो । जहाँ तत्काल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपनि अदालतमा पुग्ने यो विषय कांग्रेसका लागि दुबै हातमा लड्डु हुने सम्भावना समेत छ । जसले बचनमा पनि पक्का भएको तथा ज्योतीषले दिएको संख्या समेत पुग्ने फाईदामा कांग्रेस सभापति शेरबहादुर देउवा नबन्लान भन्न सकिदैन । जसमा कांग्रेसका नेता डा.शेखर कोइरालाले त राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको उद्देश्यसहित कांग्रेस–एमाले गठबन्धन बने पनि सम्भावित परिस्थितितर्फ ध्यान दिनुपर्ने बताई नै सकेका छन् । यो वोलेकै भोलीपल्ट उनले प्रचण्डलाई भेट गरेर अर्को अर्थपूर्ण सँकेत गर्दा प्रचण्डले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा ठूलो दलको हैसियतले देउवालाई प्रधानमन्त्री बनाउन कसरत स्वरूप अन्य नेताहरूसँग पनि छलफलको तयारी गरेको बुझिएको छ । यसले कम्युनिष्टबीच पनि स्थायी दरार शुरु हुने तथा फाईदा पनि कांग्रेसले लुट्ने सम्भावना बढ्दा ओली देउवाको सहमती सार्वजनिक नै नभई तुहिने त हैन भन्ने खतरा बढेको हो । यसमा महत्वपूर्ण कुरा त के छ भने यो समिकरणको शुत्रधार मानिएको तथा पहिले बाटै ओली देउवा मिल्नुपर्ने बताउने शेखर नै संशकित हुनुलाई कम आक्ने अवस्था छैन् ।

हुन त कोईराला यो बीचमा आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा लागेको चर्चा समेत भएको थियो । जुन प्रचण्डले चाहेकै संविधानको धारा ७६ को उपधारा ३ अनुसार पनि तत्काल सम्भव नदेखिदाँ संविधानविद्हरु समेत अबको सरकार कुन धारा अनुसार बन्छ भन्नेमा एकमत छैनन् । तर कुन धाराअनुसार सरकार गठनको आह्वान भन्ने राष्ट्रपतिको विवेकमा भर पर्नेमा कसैको दुईमत नहुँदा देउवाले पनि साना दलसंग भेटघाट बढाएका छन् । जुन नयाँ समिकरणलाई सहयोग गर्नकै लागि भएको उनीनिकट नेताहरुको दाबीमा कांग्रेस संसदीय दलको वैठकले भने ७६ (२) अनुसार नै सरकार निर्माण हुनुपर्ने निर्णय नै गरेको छ । तर, सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् चासो पनि छ । जहाँ
शितलनिवासले पनि देउवाकै विषय आए रिस्क नलेला भन्न सकिदैन् । अहिलेको दोधारे स्थितीमा संविधान अनुसार अघि बढेको वहाना समेत शिलतनिवासमा रहँदा यो चोटि सबैभन्दा वढि संवेदनशील नै राष्ट्रपति हुनुपर्ने राजनीतिक विश्लेषकहरु नै बताउँछन् ।

अहिलेसम्मको स्थितीमा ओलीको मनमा प्रचण्डले आशंका उब्जाउन सफल हुदाँ उनको उथलपुथलको सम्भावना कम भएपनि गठबन्धन धेरै नटिक्ने आधार तय गरेका छन् । जहाँ ओली ले त एमाले माओवादी नै मिलेपनि केहि नहुने उनले यसअघि नै बताईसकेका छन् । यसको अर्थ यो गठबन्धन पनि स्थिरताको आधार हुने र संविधान संसोधनको कार्यभार पुरा गर्न सफल हुने आफ्नै आशंकाको भारले थिचिने सम्भावना उच्च देखिन्छ ।