Breaking

इरानको राष्ट्रपतिमा युद्ध छेड्ने विद्रोही नेता हारे, बाजी मार्ने पेजेस्कियान को हुन् ? (भिडियोसहित)


काठमाडौँ— इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् । मे १९ मा हवाई दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि इरानमा नयाँ राष्ट्रपतिको चयनका लागि यो निर्वाचन भएको हो ।
इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् । चुनावी नतिजा अनुसार तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धीजलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका थिए ।
जुन २८ मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् उक्त समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान अर्थात कसैले पनि ४० प्रतिशत भन्दा माथि मत पाउन नसकेपछि दोस्रो चरणमा चुनाव भएको हो ।

इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित नौ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो ।
को हुन् सुधारवादी नेता मसुद पेजेस्कियान ?
निर्वाचित मसुद पेजेस्कियान मुटु रोगसम्बन्धी शल्यचिकित्सक हुन्  । पेजेस्कियान सन् २००८ देखि संसद् सदस्य छन् । सन् २०१६ देखि २०२० बीचमा उनी संसद्को उपसभामुख थिए । यसबाहेक, उनका विगतका अधिकांश सरकारी सेवा स्वास्थ्यसँग सम्बन्धित थिए । उनी सन् २००० को दशकको प्रारम्भतिर स्वास्थ्यमन्त्री थिए भने इरानी संसद्को स्वास्थ्य आयोगको लामो समयसम्म सदस्य रहिसकेका छन् । पेजेस्कियानले यसअघि सन् २०२१ मा पनि राष्ट्रपतिको उम्मेदवारी दिने प्रयास गरेका थिए । तर, उम्मेदवार छनोटबारे निर्णय गर्ने ‘गार्जियन काउन्सिल’ले उनी उम्मेदवार हुन अयोग्य भएको घोषित गरेको थियो । अहिले इजरायल र हमासबीचको युद्ध जारी छ । इजरायल हमास युद्धकैबीचमा हेलिकप्टर दुर्घटनामा परेका इब्राहिम रायसी हमासको पक्षमा थिए । इजराइल बिरुद्ध संधै वकालत गर्ने रायसीको अचानक दुर्घटनामा मृत्यु भएपछि अब इरान हमासको पक्षमा उभिन्छ कि उभिदैन भन्ने विषय अहिलेनै भन्न सक्ने अवस्थामा छैन । इरानको सहयोगले शक्तिशाली भएको हमासका लागि राष्ट्रपति मसुद पेजेस्कियानको नेतृत्वले विशेष अर्थ राख्ने छ ।