Breaking

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै, रास्वपाको भने स्थगित


काठमाडौँ— नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आज बिहान १० बजे संसद भवनमा बस्दै छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आजैका लागि बोलाइएको रास्वपाको संसदीय दलको बैठक भने विशेष कारण भन्दै स्थगित गरिएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।