काठमाडौँ— वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।
बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको हो । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र बढी डुबानमा परेको छ भने मुख्य बजारमा पनि पानी पसेको छ । तरकारी बजार वरपरका धेरै खाजापसलहरु पनि डुबेका छन् ।
प्रतिक्रिया