Breaking

रविको पार्टीमा गगन र बालेनकै फायर, मुकुल कोबाट परिचालित ? गणेश बालेनका एजेन्ट ?


रास्वपा महामन्त्री मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी असफल हुनुमा विगतका केही रणनीति फेल खाएको निश्कर्ष निकालेका छन् । विगतमा गगन थापा र बालेन शाहसँग भएका सम्झौतासमेत अहिले प्रत्यूत्पादक भएको दाबी प्रतिवेदनमा गरिँदा अहिले रास्वपामा रहेका नेताहरुको नेक्सस कांग्रेसदेखि बालेनसम्मै रहेको देखिएको छ ।

बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर चर्चा गगन थापा र बालेन शाहको । कुनै समय गगन थापा, रवि लामिछाने, बालेन शाह, मुकुल ढकाल सबै वैकल्पिक राजनीतिमा मिलेर जानुपर्छ भन्ने समूह हो । तर, अहिले यही समूहका सदस्यहरु एकअर्काको पोल खोलाखोलमा लागेका छन् । यसलाई अझ बढावा र पुष्ट्याइँ महामन्त्री मुकुलको प्रतिवेदनले पनि गर्छ । जहाँ सभापति रवि लामिछानेमाथि नै निर्मम प्रश्न उठाइँदा रविको मथिंगल मात्रै हल्लिएको छैन कि प्रतिवेदनको पृष्ठ २७ ले कांग्रेस महामन्त्री गगन थापाको राजनीतिमासमेत प्रश्न उठाइदिएको छ ।

गत संसदीय निर्वाचनमा गगन थापाको राजनीति नै सक्ने भन्ने रास्वपाको रणनीति भए पनि थापालाई नै सहयोग गर्न पुगेको खुलासा गरिएको छ । थापालाई जिताउँदा कांग्रेसको भोटबाट आफूहरुले समेत दुई सिट नाफामा पाएको मुकुलको विश्लेषण छ । रास्वपाले नै जित्ने क्षेत्र नं ४ गगनलाई छाड्नुले तात्कालिक रुपमा फाइदा नगरेको र अहिले गगन नै रास्वपाविरुद्ध खनिँदा त्यो सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने उल्लेख छ । तर, पार्टीको एक पक्ष भने यस्तो सहकार्य हुनै नसक्ने र मुकुलले मनगढन्ते प्रतिवेदन लेखेको दाबी गर्छ ।

मुकुलको यो प्रतिवेदनले हिजो गगनमाथि लाग्ने गरेको ‘घण्टी कांग्रेस’को ट्यागलाई बल पु¥याइदिएको छ । जसको जवाफ दिनुपर्ने बाध्यता गगनलाई हुनेछ । गणेश कार्कीले यस्तो सहमतिलाई इन्कार गरे पनि मुकुलको प्रतिवेदनमा सत्यता रहेको पुष्टि गर्ने केही तथ्यहरु भने छन् । काठमाडौंबाट रास्वपाका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । यसमध्ये विराजभक्त गत निर्वाचनमा नै विवेकशील साझा पार्टीबाट प्रदेशसभा सदस्य जितेका थिए ।

स्थानीय पनि भएकाले काठमाडौं ८ मा विराजभक्तले पार्टी र आफ्नै बलबुतामा चुनाव जिते । काठमाडौं २ मा व्यक्तिगत लोकप्रियता, पार्टीको माहौल र कांग्रेस एमाले गठबन्धनबाट कमजोर उम्मेदार पर्दा सोविताको जित भयो । मुकुलले भनेजस्तै गगनले सघाएका क्षेत्र हुन् क्षेत्र नं ७ मा गणेश पराजुली र ६ मा शिशिर खनाल । काठमाडौंमा जग÷जरा नभएका गणेशले गगनकै साथले चुनाव जिते । त्यहाँ गगनका कारण चुनाव हारिएको भन्दै कांग्रेसका भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवासँग गुनासो नै गरेका थिए ।

थापाले शिक्षाको कार्यक्रम चलाउँदादेखि नै सहकार्यमा रहेका शिशिरलाई जिताउन भूमिका खेलेको स्पष्ट देखिन्छ । यस्तै मकुलले बालेन शाहसँग समेत सहकार्य नगरिए पार्टी जोगिन गाह्रो हुने बताइरहेका छन् । जहाँ बालेनलाई जिताउने क्याम्पियन गर्ने गणेश कार्की लगायतको समूह अहिले पनि रास्वपामा रहेको ओपन सेक्रेट नै छ ।

यसबाहेक बालेन र रविको साइनो पुरानै भएको पुष्टि गर्ने आधार पनि धेरै छन् । रवि स्वयंले स्थानीय तहको निर्वाचनमा बालेन, हर्क साम्पाङ, गोपी हमाल लगायतको सफलताकै कारण पार्टी खोल्न बाध्य भएको स्वीकारिसकेका छन् । टेलिभिजन कार्यक्रम सिधा कुराको प्रस्तोता भएकै समयमा पनि रविले बालेनलाई आफ्नो कार्यक्रममा स्थान दिनेदेखि उनको पक्षमा माहोल बनाउन जबरजस्त सहयोग गरेका थिए ।

पछि बालेन जिताउन क्याम्पियन गर्ने गणेश कार्की लगायत नेताहरु रवि जिताउन पनि लागि परे । तर, जब रवि पहिलो पटक गृहमन्त्री भएका बेला बालेनले थापाथलीका सुकुम्बासी हटाउन सहयोग मागे, त्यसबेला रविको सहयोग नपाएका बालेन रविसँग बिच्किए । चुनावकै क्रममा काठमाडौं ५ मा त्यतिबेला उम्मेदवार रहेका प्रदीप पौडेल र बालेनले हाडिगाउँमा अंकमाल नै गरेका थिए । यसले पनि बालेन, रवि र गगनको टीम एउटै हो भन्ने पुुष्टि गर्छ । तर यिनीहरु नै अहिले एक अर्काविरुद्ध लाग्दा रास्वपा भने अधोगतितिर अग्रसर छ ।


कांग्रेसका देवरहरुबाट छुटकारा पाउन रास्वपा आएको बताउने उपसभापति स्वर्णिम वाग्लेमाथि नै रविको कोर टिम फुटाएको आरोप लाग्न थालेको छ । किन कि केन्द्रीय समितिमा माहोल शान्त बनाउनुको साटो मुखमा चुकुल लाएर आएका मुकुललाई महामन्त्री मान्दिनँ भन्दै क्लाइमेक्समा परिवर्तन ल्याउने पनि स्वर्णिम नै थिए । तर मकुलमाथिसमेत हिजो बालेनको मान्छेलाई स्थान दिए पार्टी फुटाउँछन् भन्दा अहिले बालेनकै आवश्यकता किन प¥यो ?

सत्ताबाट मात्रै परिवर्तन गर्न सकिन्छ भन्ने मुकुलले नै सरकारमा गएपछि पार्टी सकिन लागेको आरोप किन लगाए ? र गर्लफ्रेन्डलाई सांसद बनाएकोसम्मका आरोपको जवाफ आउन बाँकी नै रहँदा रास्वपाबाट कारवाहीको डण्डा खाइसकेका मुकुलले अब गगन रोज्ने कि बालेन ? प्रश्न अनुत्तरित छ ।