Breaking

बागमतीका मुख्यमन्त्री काठमाडौँमा, एमालेका मन्त्रीहरूले बुझाउन पाएनन् राजीनामा


काठमाडौँ – नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार संकटमा पर्ने भएपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल काठमाडौँमा छन्।

संघीय सरकार अल्पमतमा परेसँगै जम्मकट्टेल पनि सरकार जोगाउने रणनीतिक छलफलका लागि संघीय राजधानी काठमाडौँ पुगेका हुन्।
जसकारण बागमतीमा नेतृत्व गर्दै आएका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा प्रक्रिया प्रभावित हुने भएको छ। शुक्रबार नै सरकारबाट बाहिरिने योजना बनाएको एमालेले मुख्यमन्त्री जम्मकट्टेल हेटौंडा नभएकै कारण राजीनामा दिन नपाएको बताएको छ।