Breaking

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद : अन्तरिम आदेशका लागि न्यायाधीश प्रधान र ढकालको इजलासमा


काठमाडौँ – धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको छ । यही असार १७ गते अध्यक्षका आकांक्षीमध्येका सन्तोेषनारायण श्रेष्ठले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेश प्रयोजनका लागि आज दुवै क्षलाई डाकिएको छ । अध्यक्ष नियुक्तिका लागि अन्तरिम आदेश भएमा धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले गरेको सर्टलिस्टमा परी कार्यपत्र समेत प्रस्तुत गरिसकेका मध्येबाट अध्यक्ष नियुक्ति हुनेछ ।

छनोट समितिले पाँचजनाको सर्टलिस्ट गरेकोमा तीनजना कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा अनुपस्थित भएका थिए । कम्तिमा तीनजना समितिले सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था देखाएर नियुक्ति प्रक्रिया रद्ध गरिएको थियो । त्यसविरुद्ध सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना समेत प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका हुन् ।