Breaking

तीन दिन मनसुन अझै सक्रिय रहने, ३० जिल्लामा रेड अलर्ट


काठमाडौँ – शुक्रबारदेखि तीन दिन नेपालमा मनसुन अझै सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गरेर मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने जानकारी दिएको हो। महाशाखाले यसअघि १६ गते विशेष बुलेटिन सार्वजनिक गरेर मनसुन सक्रिय हुने र यसबाट हुनसक्ने क्षतिबाट सतर्क रहन भनेको थियो।

बिहीबार पुनः विशेष बुलेटिन सार्वजनिक गरेर महाशाखाले उक्त क्रम आइतबारसम्म चल्ने र मनसुन थप सक्रिय हने जनाएको हो। मनसुन थप सक्रिय हुँदा आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

त्यस अवधीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको हुनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।