Breaking

महान्यायाधिवक्ता र गृहमन्त्री विरूद्धको रिटमा न्यायाधीशबीच बाझियो राय


काठमाडौँ – महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी ठगीविरूद्ध जाहेरी र अभियोग नपरेको भन्दै दिएको पत्र विरूद्धको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ।

अधिवक्ता अनुपम भट्टराईले दिएको रिटमा बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सुनुवाइ गरेको थियो। न्यायाधीश सपना मल्लले सहकारी ठगीमा स्वतन्त्र र निर्धक्क भएर अनुसन्धान गर्न भनिन् भने सारंगा सुवेदीले गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न परमादेश दिएकी छन्।

सर्वोच्च अदालतको वेबसाइटमा जनाइएअनुसार दुई न्यायाधीशबीच राय बाझिएको छ तर के के बिषयमा राय बाझिएको भन्नेबारे केहीबेरमा विस्तृतमा आउने सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। उक्त रिटमा यसअघि सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारी ठगी सम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियो।