Breaking

रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनका केही विषयवस्तु पहिल्यै सञ्चारमाध्यममा आएपछि तीव्र विवाद उत्पन्न भएको थियो ।

विभिन्न ३२ जिल्ला पुगेका पार्टीको अवस्थाबारे बुझेको महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदन ३२ पृष्ठको छ ।

पार्टीभित्र छलफल नहुँदै प्रतिवदेन मिडियालाई दिएको भनेर रास्वपाभित्र ढकालको आलोचना भएको थियो। बुधबारको केन्द्रीय समिति बैठकले उनको गतिविधि विधिसम्मत नभएको भन्दै कारबाही गर्ने निर्णय गरिसकेको छ ।

बुधबारको बैठकले प्रतिवदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर पार्टीले आधिकारिक रूपमा सार्वजनिक नगर्दै केही मिडियामा आएको थियो । त्यसपछि ढकालले पनि आफ्नो ह्वाट्स एप ग्रुपमा राखिदिएका छन् ।