Breaking

देउवाले बोलाए संसदीय दल बैठक


काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका छन्।

यही असार २२ गते शनिबार अपराह्न ३ बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएको संसदीय दलको कार्यालयले जनाएको छ।

कांग्रेसले गत असार १७ गते नेकपा (एमाले)सँग समीकरण गर्दै सरकार बनाउनेलगायत सहमति गरेको थियो। उक्त सहमतिलाई बुधबारको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ।

एमालेसँग भएका सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे संसदीय दलमा छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।