Breaking

अख्तियार आयुक्त सुमित्रा अमात्यको घरमा ललितपुर महानगरले डोजर चलायो


काठमाडौँ— ललितपुर महानगरपालिकाले अख्तियार आयुक्तको घरमा डोजर चलाएको छ । आज अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।

उनका अनुसार वडानम्बर-१० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन् । केही समयअघि मात्रै मेयर चिरीबाबु महर्जनको उपस्थितिमा डोजर लगाइ पर्खाल भत्काएका हौं, उनले भने । महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको जनाएको छ।