Breaking

सोह्रखुट्टे-बालाजु खण्डमा करिब ११ फिट खाल्डो


काठमाडौं – सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।


सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।

मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।