Breaking

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सहमति कार्यान्वयन मुख्य एजेन्डा


काठमाडौँ – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

सोमबार नेपाली कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ ।