Breaking

ओली पुगे बालुवाटार


काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसित भेटवार्ताका निम्ति ओली बालुवाटार पुगेका उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच गएको आइतबार र सोमबार (हिजो)पनि छलफल भएको थियो । सोमबारै राति ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्तासमीकरणको सहमति गरेका छन् ।