Breaking

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीबाट राजीनामा दिनेरनदिने छलफल हुने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

बैठकमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्न भएको सहमतिका विषयमा छलफल हुने भएको छ ।

कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बताएको छ ।