Breaking

ओलीसँगको भेट सकारात्मक भएको सभापति देउवाको बिफ्रिङ


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् ।

बुढानीलकण्ठस्थीत आफ्नो निवासान सोमबार अपरान्ह बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले देउवा र ओलीबिच सकारात्मक कुराकानी भएको बताए । विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए ।