काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।
बैठक दिउँसो ३ बजे सभापति देउवाकै निवास बूढानिलकण्ठमा बस्नेछ। बैठकमा १५ असारबाट समयावधि सकिएका भ्रातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रतिक्रिया