Breaking

नाउपा विवाद : रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् ।

बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।