Breaking

आरजु जोगाउन ओली प्रधानमन्त्री ! मन्त्री खेलाउने बेचनले पोल खोल्ने डर


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार मुख्य विचौलीय बेचन झाको पक्राउले नेपाली राजनीति गर्माएको छ । विशेषगरी शरणार्थी व्यवस्थापनको काम भइरहेका बेला उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका उनको पक्राउले नेपाली बेच्ने कुकर्ममा शीर्ष नेतासमेत तानिने सम्भावना बढेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलीया र सिंहदरबारको उठबस गराउने मुख्य नाइके बेचन झा पक्राउ परेसँगै राजनीतिक दलहरुको बेचैनी सरु भएको छ । यसको सुरुवाती बाछिटा नेपाली कांग्रेसमा देखियो । किनभने अघिल्लो दिन पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र दोस्रो दिन मुख्य नाइके झा पक्राउ पर्ने बित्तिकै श्रीमती बोेकेर कांग्रेस सभापति शेरबहादुर देउवा बालकोटको बार्दलीमा पुगे । बाहिर सत्ता समीकरण परिवर्तनका लागि छलफल भएको भनिए पनि नेताको चुलो चौकासम्मै नेक्सस बनाएका झाको पक्राउ र देउवा परिवारको दौडलाई संयोग मात्रै मान्न सकिँदैन । किन कि बेचनले मुख खोलेकै दिन मै हुँ भन्नेहरु खोरमा पुग्ने अवस्था आउनेछ । यो कुकर्ममा संलग्न थप राजनीतिक व्यक्तिहरुको पात्रो झासँगै छ ।

राजनीतिक पहुँच र प्रभाव देखाउँदै सिंहदरबार, बालुवाटार र भारतीय दूतावासको समेत नाम बेचेर नेपाली बेच्ने मिसनमा डरलाग्दा पात्र हुन् बेचन झा । उनको नेक्सस त्यतिबेला मन्त्रीदेखि सचिवहरुसम्मै थियो । बालकोटदेखि बालुवाटारसम्म यीनको जालो छ । तर कांग्रेसीहरुसँग बढी उठबस भएकाले नक्कली शरणार्थीको लहरो पनि उतै तानिने देखिन्छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान गराउने काम पनि बेचनबाटै भएको थियो ।

देउवा र आरजुसँग पनि बेचनकै बलमा गिरोहको सम्पर्क स्थापित भएको चर्चा भए पनि उनको मुखबाट यो तथ्य खुल्न बाँकी छ । सम्भवतः यही एक वाक्यले अनुसन्धानलाई नयाँ मोडतिर लैजानेछ । यतिमात्र नभई जलविद्युतकासमेत ठूला माफिया यीनले तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीसँग सम्बन्ध बनाएका थिए । पछि त्यसको प्रयोग पनि नेपाली बेच्ने कुकर्ममै लगाए । रायमाझी अहिले जेलमा छन् । झाको काठमाडौं मध्यबानेश्वरमा घर छ । जहाँ केही दिनदेखि सीआईबी घुमिरहेको थियो ।

तर घरको गेटसमेत रिमोटले खुल्ने गरीको सुरक्षा उनले अपनाएका रहेछन् । नक्कली शरणार्थी प्रकरणमा समेत यीनले वास्तविक सकुम्बासीको पुर्नवासको व्यवस्था गर्न गठन गरिएको कार्यदलमै छिरेर विषयगत कागजात मन्त्रिपरिषद्बाट पारित गराउनमा समेत भूमिका खेलेका छन् । यसै पावरको फाइदा उठाउँदै उनले विचौलीयाहरुलाई मन्त्री र सचिवहरुसँग भेट गराउने र त्यसवाफ २ करोडसम्म रकम लिने गरेका थिए । यीनले यही काण्डमा पक्राउ परेर छुटेका विचौलिया रामशरण केसीसँग दुई करोडको चेक लिएको सार्वजनिक नै भएको थियो । आरोपीहरू पक्राउ पर्न थालेपछि फरार भएका थिए ।

अहिले पनि ११ जनार प्रतिवादी फरार सूचीमै छन् । सरकारी वकिलले सीआईबीलाई दोस्रो चरणको अनुसन्धान गर्न समेत भनेको थियो । तर, सीआईबीको गति नै सुस्तायो । अहिले पनि दोस्रो चरणको अनुसन्धान सुुरु भएको हो वा पूरक अनसन्धान नै हो यसबारे भने प्रहरीले कही पनि बताएको छैन । तर, फाइन नै छुन डराएको भन्दै रवि लामिछानेमाथि लाग्ने गरेको आरोप भने मत्थर हुँदै गएको छ ।
अब फाइल खोल्न गृहमन्त्री लामिछानेको सक्रियता र दलहरुको बेचैनी बुझौँ । शनिबारको बालकोट बसिबियालोलाई अर्को कोणाबाट हेर्दा, अहिले रवि लामिछानेले पाएको गृह मन्त्रालय एमालेले दिएको र ओलीकै आदेशमा चल्ने गरेकाले देउवाले ओलीसँग आग्रह गरेको हुन्सक्छ ।

त्यसमाथि बिभिन्न प्रकरणहरुमा आफ्ने नेताहरु पर्नसक्ने भएकाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेरै भए पनि सत्तापक्ष बन्ने र यी सबै संकट मोचन गर्ने तयारीमा देउवा छन् । किनकि गतवर्ष भदौमा पनि शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु गर्ने तयारी भएका समयमा देउवाले गृहमन्त्रालयमा अनावश्यक दबाब दिएर नियमावली विपरीत प्रहरी सरुवाको अतंक मच्चाएका थिए । त्यसपछि प्रहरी सेलाएको थियो ।

तर पछिल्लो समय सहकारी ठगी प्रकरणमा लामिछानेलाई नै ठग करार गरेर कांग्रेसले मुद्दा उठाएका रविको टार्गेटमा आरजु लगायत नेताहरु पर्दै आएका थिए । यतिसम्म कि मनिष झा लगायतका नेताहरुले कांग्रेसका नेता पक्राउ पर्ने धम्की संसदमै दिने गरेका थिए । रास्वपामाथि अहिले सरकार छाड्न पार्टीबाटै दबाब समेत बढिरहेका बेला ठूला नेता पक्राउ गरेर सरका छाड्ने बाटो सफा गर्ने वा बोल्न डिसिजनको निकट रवि पुगेको विश्लेषण भइरहेको छ ।

धेरैले देउवा र आरजुको हठात्को बालकोट बसाईलाई सत्ता परिवर्तको शुत्रमा रुपमा मात्रै विश्लेषण गरे पनि यी घटनाक्रम र यो भेटलाई संयोग मात्रै मान्न सकिँदैन । अहिलेसम्म भुटानी शरणार्थीको मुख्य नाइकेसम्म नै नपुगेका बेला बेचन झाको पक्राउ महत्वपूर्ण हो । आरजुसँगै यही प्रकरणमा थनामुक्त भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्ज लगायतको संलग्नताको समेत आशंका गर्ने गरिएको छ । सचिव र मन्त्रीको तहसम्म मात्रै नाम पोलिएका बेला झा र थापाको पक्राउले त्योभन्दा उपल्लो स्तरका हाइप्रोफाइलको भविश्यसमेत निर्धारण गर्ने देखिन्छ ।