Breaking

संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो : पूर्वसभामुख सापकोटा


काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभइ प्रतिक्रियामा उत्रिएको बताए ।

आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरु देखा परिरहेको बताएकाहुन् ।

नेपालमा वैचारिक रिक्तता देखा परेको उनको भनाई छ । विश्वभर नै बिरोधाभाष र अराजकता मौलाइरहेको बताए ।पूर्वसभामुख सापकोटाले संसदमाको गरिमा बढाउन सबै सांसदहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।