काठमाडौं । आउँदो तीन दिन नदीहरुमा पानीको सतह बढेर बाढीको जोखिम हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा तथा बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य रूपमा बढ्ने भन्दै नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।
यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दाङ, बाँके र बर्दियालगायत आसपासका जिल्लाका सबैजसो सानाठूला नदीमा पानीको सतह बढ्ने महाशाखाको सूचनामा उल्लेख छ ।
त्यस्तै महाशाखाले इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकोले सावधानी अपनाउन भनेको छ ।
प्रतिक्रिया