Breaking

लालीगुराँस सहकारीका अध्यक्ष श्रेष्ठसहित ४ जना पक्राउ


काठमाडौं । ललितपुरस्थित लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले उक्त सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको हो ।

आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पु¥याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीको दाबी छ । उक्त सहकारी फागुन २९ गते समस्याग्रस्त घोषणा भएको थियो ।