Breaking

रास्वपाको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति लामिछानेसँग महामन्त्री ढकालको प्रस्ताव


काठाडौा— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरिएको छ ।

१९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।ढकालले भने,‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’ बुधबार डाकिएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ ।

विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् । प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भनि गरिएको छैन । प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकलले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले सुनाए ।