Breaking

बाइडेन–ट्रम्पकै भिडन्त : पैसाको खोलो, २० धनाड्यको प्रतिस्पर्धा, पैसाकै बलमा ह्वाइट हाउस कब्जा ? (भिडियोसहित)


काठमाडौँ— अमेरिकाको राष्ट्रपतिय निर्वाचन आगामी नोभेम्वरमा हुँदैछ । त्यसका लागि बर्तमान र पूर्वराष्ट्रपति प्रतिस्पर्धिको दौडमा छन् । अहिले दूवैलाई अस्वभाविक रुपमा सहयोग जुटिरहेको छ। एउटै व्यक्तिले ५ करोड डलरसम्म सहयोग गरेकाछन् । यसले चुनावमा पैसा र पावरको खेल हुने कुरा ओपन सेक्रेट जस्तै छ ।

यी दूईबीचको राष्ट्रपतिय निर्वाचनमा विस्फोटक भिडन्त हुने पक्का भएको छ । विस्फोटक यस मानेमा हुँदैछ , दूबैजनालाई चुनावमा पैसाको खोलो बगाउने गरी आर्थिक सहयोग जुटेको छ। यसले पनि
आगामी नोभेम्बरमा हुने अमेरिकी चुनावको सरगर्मी सुरु भएको लख काट्न सकिन्छ । दुई मूलपार्टीहरु
डेमोक्रेटिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आधिकारिक उम्मेदवार बनेका छन्। योसँगै आआफ्नो चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन्। शुक्रबार बिहान मात्रै दुवै उम्मेदवार ‘अमेरिकी राष्ट्रपतीय बहस’मा सहभागी भएका थिए ।

दुई शेर, राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति ट्रम्पबीच ह्वाइटहाउसका लागि हुन लागेको यो दोस्रो प्रतिस्पर्धा हो। अघिल्लो निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै बाइडेन राष्ट्रपति बनेका थिए।
शक्ति राष्ट्र अमेरिकाको यो निर्वाचनले विश्वको ध्यान खिचेको छ । अमेरिकाको बागडोर कसको हातमा भन्ने कुराले विश्वलाई प्रभाव पार्ने गरेको छ । तसर्थ पनि यो सबैको चासोको विषय बनेको हो।

व्यापारी पृष्ठभूमीका डोनाल्ड ट्रम र बाईडेनबीचको चुनावी भिडन्तका लागि आर्थिक जोहो सुरु भएको छ । जसका लागि स्व स्फुर्त रुपमा धेरैले सहयोग दिन सुरु गरेकाछन् । मूलत आर्थिक संगै यो निर्वाचनमा कसको पक्षमा को भन्ने विषयले पनि विशेष अर्थ राख्ने देखिन्छ ।

हालसम्मका विभिन्न चुनावी पोलहरुले बाइडेनमाथि ट्रम्प भारी पर्नसक्ने संकेत गरिरहेका छन्। ‘राष्ट्रपतीय बहस’ले बाइडेनको पार्टीभित्रै उनी चुनाव लड्न नहुने समेतका थप बहसहरुको सिर्जना भएको छ। अमेरिकी राष्ट्रपतीय चुनावमा प्रत्यक्ष प्रभाव पार्ने अन्य धेरै फ्याक्टरहरुछन् । र, तिनैमध्ये पर्छ उम्मेदवारका दाताहरुको सहयोग। किनभने उनीहरुले गर्ने डलर सहयोगले उम्मेदवारको चुनावी प्रचारप्रसारलाई जवरजस्त प्रभाव पार्ने छ।

अमेरिकी मिडियाहरुका अनुसार मे महिनाको अन्त्यसम्म ट्रम्प क्याम्पेनले १७ करोड डलर बढी नगद संकलन गरेको बताएको छ भने बाइडेन क्याम्पेनले १५ करोड डलर बढी संकलन भएको उल्लेख गरेको छ। को हुन् त बाइडेन र ट्रम्पका १० ठूला दाता?

बाईडेनलाई कसले कति गरे सहयोग ?

माइकेल ब्लुमबर्ग– २ करोड डलर
रहिद हफम्यान–१ करोड ७७ लाख डलर
जिम साइमन्स÷मृतक–श्रीमतीबाट ६६ लाख डलरसहयोग
माइकेल मरिट्ज– ८३ लाख डलर
स्टिफन मन्डेल– ६८ लाख डलर
डस्टिन मस्कोवित्ज– ४२ लाख डलर
सेठ क्लारम्यान–३६ लाख डलर
हेनरी लाउफर–३५ लाख डलर
अब्राहम ग्लेजर– १६ लाख डलर
एमी गोल्डम्यान फलर–१२ लाख डलर

डोनाल्ड ट्रम्पलाई कसले कति गरे सहयोग ?

टिमोथी मेलन– ५ करोड डलर
लिन्डा म्याकमोहन– १करोड ११ लाख डलर
केल्सी वारेन– ५८ लाख डलर
डेनी हेन्ड्रिक्स– ५५ लाख डलर
टिमोथी डन– ५० लाख डलर
एलिजाबेथ उहिलिन– ५० लाख डलर
रिचार्ड उहिलिन–५० लाख डलर
फिल रफिन– ३३ लाख डलर
जियोफ्रे पाल्मर– ३० लाख डलर
रोबर्ट वुडी जोन्सन–२७ लाख डलर

यीत देखिएका केही तथ्य हुन् तर हाकाहाकी रुपमा सहयोग जुट्नेक्रम जारी रहेकाले पैसाको बलमा ह्वाईटहाउसको सासन सत्ता लिन बाईडेन र ट्रम्प दूबै उद्यत रहनेछन् भन्दा फरक नपर्ने देखिन्छ ।
युवती मोहदेखि विविध उल्झनमा परेका ट्रम्प अहिले पनि सत्ताको धङधङमा छन् । बाइडेन अघिको आफ्नो कार्यकालमा विश्वभर हलचल ल्याएको ट्रम्प फेरि एक पटक विगतको प्रभाव मुर्झाउने दाउँमा हुदा बाईडेन विरासत जोगाउने लाइनमा छन् ।