Breaking

बालेनकै मुद्धा बोकेबालेन–प्रदिपको मुद्धा, प्रचण्ड र चीनलाई दबाव दिन पैदल जुलुस, गगन र बिराजको क्षेत्रमा बिचल्ली (भिडियोसहित)


काठमाडौँ— दलका नेताहरू अहिले आफूलाई जनतासामू लैजान सडकको प्रयोग गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ दिनको संकल्प यात्रा समापन गर्दा, सदनको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तीन दिनको पैदल यात्रा तय गरे । अहिले फेरि नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि जनतामा जान सडकलाई नै रोजेका छन् ।
पछिल्लो समय जनतासामू जान राजनीतिक दलका नेताहरू फरक–फरक शैली अपनाइरहेका छन् । दलका नेताहरू अहिले राजनीतिक यात्रालाई विभिन्न नाम दिएर जनतामाझ पुग्न थालेका हुन् । यात्रामा जनतासँग झन् सम्बन्ध जोड्न सहज हुने हुँदा कोही सङ्कल्प यात्रा त कोही दबाव यात्रा भन्दै पैदल नै घर÷घर र पसल÷पसलमा गुनासो बुझ्दै हिडिरहेका छन् । त्यसै अनुरुप नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल सरकारलाई दबाव दिन सडकमा निस्किएका छन् । काठमाडौं चक्रपथ अन्तर्गतको १३ किलोमिटर रिङरोड कलङ्की–धोबीखोला सडकखण्ड विस्तारका लागि सांसद पौडेलले सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागससहित शनिवार कलङ्की–स्वयम्भु–ठूलोभ¥याङ–बसपार्क–बसुन्धरा हुँदै धोबीखोला क्षेत्रमा सामूहिक दबाव यात्रा गरे ।

नेपाल सरकार र चीन सरकारको २०१८ जनवरी १७ मा २ वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौता भएसँगै छ वर्ष अघि नै सडक छेउका रुख काट्ने काम पनि सकिसकेको छ । तर, अझै पनि सडक विस्तार गर्नुपर्ने काम अलपत्र नै छ । दिनको दुई सिफ्टमा काम गर्ने हो भने तीन महिनामा नै सकिने कामलाई पनि सरकारको लापरवाहीले वर्षौ अल्झाईरहेको छ । सरकारले गर्नु पर्ने काम नगरेर नागरिकलाई बेवास्ता गरेको र त्यसमा आपत्ती रहेको जाहेर गर्न दबाव यात्रा थालेको पौडेलले बताएका छन् । काठमाडौंको मुटुलाई सरकारको लाचारीका कारण अस्तव्यस्त पार्दा लामो समयदेखि काठमाडौंबासीले सास्ती खेपिरहेको उनले बताए । नागरिकसँग प्रत्यक्ष जोडिएको काममा समेत राज्यको मौनताले भद्रगोल हुँदा सरकार जवाफदेही बत्रु पर्ने पौडेलको भनाई छ । सडक विस्तारकै विषयलाई लिएर प्रदीप पौडेलले यसअघि पनि नेपालका लागि चिनियाँ राजदूत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँग भेटवार्ता गरेका थिए । सरकारको लापरवाहीपनको अन्त्य गर्दै अबिलम्ब चक्रपथ विस्तार नगरे सरकारी गाडी चल्न नदिने पौडेलले चेतावनी दिएका छन् ।

चक्रपथ निर्माणको काम अलपत्र पर्दा काठमाडौं कुरुप बनेको छ भने प्रदूषण पनि बढेको छ । कलङ्कीदेखि धोबीखोला सडकखण्डमा ६हजार पाँच सय व्यापारिक सटरहरू छन् । दैनिक पाँच लाख सर्वसाधारणको चहलपहल हुने उक्त क्षेत्रमा दायाँबायाँ बस्दै आएका बासिन्दाहरूले अनेक बाधाव्यवधान खेप्दै आईरहेका छन् । अहिले वर्षाको समयमा हिलोले सडक धान रोप्ने खेत जस्तो हुँदा,हिउँदमा धुवाँ धुँलोको सास्तीले नागरिक निसासिएर बाच्न बाध्यछन् ।
वर्षाको समयमा सडक नै खोला बन्दा ढलमा परेर लगातार पछिल्ला तीन वर्षमा तीन जना सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । राजनीतिक भन्दा पनि नागरिकको स्वास्थका लागि सडकमा उत्रिएको बताएका उनले सदनमा यसबारे दर्जनपटक बोलिसकेका छन् भने सङ्कल्प प्रस्तावसमेत दर्ता गराइसकेका छन् ।

प्रदीप राजदूतको दैलोदेखि राज्यका सम्बन्धित निकायमा पुग्दा समयमा नै चक्रपथ विस्तार हुन नसकेको भन्दै काठमाडौंका प्रमुख बालेनले पनि निरन्तर केन्द्र सरकारप्रति आपत्ति जनाउँदै आएका छन् । सडकदेखि सम्बन्धित निकायकोमा पुग्दा समेत आफ्नो आवाज नसुनेपछि काठमाडौं निर्वाचन क्षेत्र नम्बर पाँचबाट सदन छिरेका प्रदीप सरकारलाई दबाव दिन यात्रामा लम्किएका हुन् । प्रदीपले चालेका कमद सकारात्मक नै भए पनि काठमाडौंको छ वटा निर्वाचन क्षेत्र जोडेको चक्रपथ विस्तारमा महामन्त्रीको प्रत्यासी समेत भई सकेका उनले यसलाई पार्टीको मुद्दा भने बनाउन सकेकाछैनन् । फलतः कांग्रेसले सिंगो समस्या सम्झिएर प्रदिपलाई होस्टेम हैसे नगरेसम्म यो पार लाग्ने छाट देखिदैन। आजको यात्रामा त्यही समुदायको भोट लिएर जितेका महामन्त्री गगन थापाकोसमेत उपस्थिती नहुनुले यो एउटा प्रदिपको मात्रै मुद्धा जस्तो देखिएको छ । यसले पनि उनको एक पहलले कति सार्थकता पाउला भन्ने हेर्न बाकी छ।