Breaking

रवि–मुकुल विवादमा प्रचण्डको ‘इन्ट्रि’, सत्ताले फुट्दै रास्वपा, ठूला दलमा छायो खुशियाली, महामन्त्रीमा दौडधुप (भिडियोसहित)


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टिका महामन्त्री डा.मुकुल ढकालको प्रतिवेदनले पार्टिमा मात्र नभई सत्ता गठबन्धकै मौनता तोडिदिएको छ । प्रतिवेदनलाई कार्यान्वयन गरे वर्तमान गठबन्धन ढल्ने खतरा छ भने पार्टिमै पनि क्षती हुने रास्वपा नेताहरु बताउछन । फलत : यसले प्रधानमन्त्री देखि रवि लामिछानेसम्मको टाउको दुखाउँदा रास्वपामा के भईरहेको छ त ?

कांग्रेसको दुई महामन्त्रीको चपेटाबाट बचेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि रास्वपाका एउटै महामन्त्री भारी पर्न थालेका छन् । पुरानाको सँगत र सत्तारोहणका कारण पार्टि दुर्घटनामा पर्न लागेको उनको प्रतिवेदनले रास्वपालाई मात्रै गाजेको छैन प्रचण्डको समेत जरो हल्लाईदिएको छ । जसको सको संकट निवारण रवि लामिछानेबाटै मात्र नहुने देखेका उनी स्वयम रवि मुकुल मिलाउन लागि परेका छन् । फलत रास्वपाका पदाधिकारी देखि सांसद भेट्नेसम्मका कार्यमा व्यस्त बनेका उनले केहिलाई मन्त्री फेरिदाँ पालो आउछँ भन्दै थुमथुमाउन नै भ्याएका छन् ।

एकातर्फ रास्वपामा देखिएको विष्फोटको अवस्थामा आफ्ना लागि फाईदाजनक र अर्कातर्फ सत्ता टुट्ने डरले त्रासले रुन्चेहासोमा रहेका उनी मध्यमार्गी बाटोको खोजीमा व्यस्त छन् । यहि प्रतिवेदनका कारण सबैभन्दा धेरै रविलाई वोक्ने ओलीसमेत चिन्तित देखिदाँ प्रतिवदेनले रास्वपामै पनि तलदेखि माथिसम्म दुई धार खडा गरेको छ । यसैको परिणाम रवि पक्षधर यतिवेला ज्ञापनपत्र बुझाउँदै कारबाहीका लागि दवाव बढाईरहेका छन् । जुन दवावले रविले मुकुललाई प्रष्टिकरण नै सोध्दा दुई मिलेर अरु दवाउदासम्म पार्टि किन ठिक भयो भन्दै मुकुलमाथि नै प्रश्न उठाउने रवि विरोधी तेश्रो धार समेत छ । कतिपयले मुकुलले भनेको कुरा पार्टि विग्रान नभई चेतावनी भएको भन्दै उनको बचाउँ गर्दा व्यक्तिगत र पार्टिगत कारणले नै पनि रवि सत्ता छोड्ने अवस्थामा छैनन् । विपक्षीमा पुगे ओली प्रचण्डले सहकारी मुद्धा उठाउने देखि पार्टि नै फुटाईदिने डर उनमा देखिन्छ् । अहिलेको अवस्थामा रास्वपा दुई सांसद मात्रै भएपनि सत्ता नढल्ने अवस्थाले पार्टिमा देखिएको अन्तरविरोधमा उनीहरुले खेल्ने त हैनन् भन्ने पिर रविमा छ । अर्थात कांग्रेस एमालेको विवाद समेत आफूले मिलाएको भन्दै फूर्ती हाल्ने प्रचण्डले आफ्ना सांसदको माईक्रो म्यानेजमेट गरिरहेको दृश्यलाई उनले स्वभाविक मान्न सकिरहेका छैनन् । अर्कातर्फ आफूविरुद्ध परेको रिटमा आगामी १६ गते सर्वोच्च अदालतले दिने आदेशसंग समेत सत्ताको आयू जोडिदा उनी १५ को समिक्षा वैठक १९ गते सारेर नेता देखि सहयात्रीलाई विश्वास दिलाउने दौडधुपमा छन् ।

यता धेरै गम्भिर र सुक्ष्म रुपमा छलफल गर्नुपर्ने विषय मिडियाबाजी गरेपछि त्यसले पार्टिमा पार्ने खतराको अर्को चिन्तामा रवि छन् । त्यस्तै सुध्रिने आफू भएपनि ओली प्रचण्डले विगारे भन्नु नै गलत भएको भन्दै सहमहामन्त्रीहरुले उचालिरहेका छन् । जुन महामन्त्री कारबाहीको संकेत देखिएपछि रविको गुलामी गरेर त्यो पदमा जाने भिडन्तकै रुपमा अघि आएको छ । जसलाई पार्टिका प्रत्यक्ष निर्वाचित सांसदहरु वोल्न नसक्ने अवस्थामा रहँदा मुकुल हट्नुपर्ने भन्दै पदाधिकारीले चलाएको बहसले समेत बल पुुर्याएको छ । व्यक्तिगत रुपमै भिडन्तमा उत्रिएका उनीहरु चरित्रमै प्रश्न उठाउन थालेका छन् भने तेश्रो पक्ष मुकुल र रवि दुवैलाई खुल्याएर स्थापित हुने रणनितिमा देखिन्छन् । फलत : बालेनसंग मिल्न नदिने नै मुकुल भएको देखि उनकै गर्लफे्रन्डलाई सांसद बनाएको आक्षेप उनीमाथि छ । त्यस्तै दुईमध्ये एक राजदूत आफ्नो भाग नपाएर रिसाएको आरोप छ भने ईलामको उपनिर्वाचनमा उनी कहाँ थिए भन्ने प्रश्न समेत बलियो बन्दै गएको छ ।

हुन त रवि मुकुललाई कारबाही गरेर कमजोर भएकै वेला प्रतिवेदनमाथि छलफल गर्ने बाटोमा छन् । जसले सत्ता पनि छोड्न नपर्ने प्रतिवेदनपनि कार्यान्वयन भएको देखिने र मुकुल पनि साईजमा आउने तीनओटा फाईदा हुने छ । जसले सार्वजनिक प्रतिवेदनमा केहि शब्द परिवर्तन गर्न सकिने अवस्था छ । जहाँ तयारीका साथ मिडियामा आउने देखि दबाब दिएर प्रतिवेदन लिन बाध्य पारेका मुकुल पनि त्यति सजिलै पछि हट्ने अवस्थामा भने छैनन् । जसको फाईदा उठाउँदै रास्वपाबाट सुवर्ण अवसर पाएका स्वर्णिम वाग्ले मध्यमार्गी बाटो निकाल्न लागि परेका थिए । तर त्यसले निष्कर्ष दिन भन्दा उल्टै विवाद चर्किदा दोहोरो सकस व्यवस्थापन रविका लागि कम चुनौतीपूर्ण छैन ।