Breaking

फेरि फाईल खुल्यो–मूख्य योजनाकार बेचन र प्रतिक पक्राउ, राजनीतिमा खैलाबैला, भीआईपी तनावमा (भिडियोसहित)


काठमाडौँ— आफ्नै नागरिकलाई शरणार्थी बनाएर अमेरिका पुर्याउने काण्ड नक्कली भुटानी शरणार्थी प्रकरण पुन चर्चामा आएको छ । यो काण्डको अनुसन्धानमा महत्वपूर्ण ठानिएका वेचन झा देखि प्रतिक थापा पक्राउ परेपछि वाँकि अनुसन्धान अघि बढेको हो । जसको जरो ठूला नेतासम्मै पुग्न सक्ने चर्चाकाबीच यसलार्ई काण्डमा नयाँ ट्वीट ल्याउने कदमै रुपमा हेरिएको छ । फाईलमै अल्झिएको भन्दै गृहमन्त्रीको आलोचना भईरहदाँ नक्कली भुटानी शरणार्थीमा हाईप्रोफाईल विचौलिया बेचन झा पक्राउ परेका छन् । धेरै नेतासंग चेन भएका बेचनको पक्राउले आरजु राणा देखि केपी ओलीका स्वकिय सचिवसम्मको पोल खोल्ने चर्चा हुँदै आएको छ । उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले गएराति पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेचनले राजनीतिक रुपमा उपल्लो ओहोदा मिलाउनु पर्ने भन्दै २ करोडको चेक बुझेको पक्राउ परेका विचौलियाहरुबाट खुलेको थियो ।

गिरोहबाट २ करोड रुपैयाँ बुझेर सिंहदरबाको सेटिङ मिलाउने भन्दै हिडेका बेचेन २०७९ चैतमा शरणार्थी प्रकरणका आरोपीहरू पक्राउ पर्न थालेपछि फरार भएका थिए । झाले यहि काण्डमा पक्राउ परेर छुटेका विचौलियारामशरण केसीसँग दुई करोडको चेक लिएका थिए । त्यस्तै जेलमै रहेका उपराष्ट्रपती कार्यालयका सचिव टेकनारायण पाण्डले त प्रहरी र अदालतमा दिएको बयानमा “मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस बिषयमा थप गहिराइमा पुग्न सकिने बताएका थिए । जहाँ प्रकरण अन्तर्गत पहिलो चरणको अनुसन्धानमा झाको सम्बन्ध नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग प्रत्यक्षरुपमा रहेको खुलेको थियो भने सरकारबाटै निर्णय गराएर अमेरिका पठाउने भन्दै उनले पैसा उठाउने गरेको प्रहरीको दाबी छ । तर यसअघि उनी भारतको विभिन्न सहरमा बस्दै आएको प्रहरीले सुराक पाए काठमाडौमा बस्ने ठेगाना बाहेक उनको बारेमा अरु सुराक पाउन सकेको थिएन । आफूलाई भारतीय दुतावास निकटस्थ बताउने र सिंहदरबार, बालुवाटारसहितको राजनीतिक केन्द्रमा दोहोरो सम्बन्ध रहेको दावी गर्ने उनी पक्राउ नपर्दा यो प्रकरणको दोश्रो चरणको अनुसन्धान नै रोकिएको थियो । फलत ः यो अनुसन्धानमा उनलाई महत्वपूर्ण पात्रका रुपमा हेरिदाँ यसको लहरो आरजु राणा र कांग्रेसकै कृष्णप्रसाद सिटौलासम्म पुग्ने चर्चा छ ।

यस्तै झा अघि फरार रहेका प्रतीक थापा पनि पक्राउ परेका छन् । प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट १ करोड रुपैयाँ लिएको अनुसन्धानका क्रममा खुलेको थियो । सिंहदरबार र बालुवाटारमा उच्चपदस्थहरूसँग समन्वय गराउन सक्रिय रहेको आरोप लागेका उनीपछि झा पक्राउ पर्नुलाई यो प्रकरणमा नयाँ ट्वीट आउने अवस्थाका रुपमा हेरिएको छ । यसले प्रकरणको अनुसन्धान जरोतर्फ उन्मुख हुने आशा पलाँउदा झामाथि प्रहरीले ६० दिन अनुसन्धान गर्न पाउने छ । जसले सहि बाटो समाए पहिलो चरणको भन्दा यो अनुसन्धाले राजनीतिक तरँग नै ल्याउने सक्ने अपेक्षा गरिदाँ यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, थापाका सल्लाहकार इन्द्रजित राई, खाणका सहयोगी नरेन्द्र केसी, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उनीहरु साना माछा मात्रै भएको र उनीहरुकै आवरणमा ठूला बचेको आक्षेप नै लागेको थियो । जसलाई लिएर खाँणकी पत्नी मन्जु खाँणले त कांग्रेसमै हल्लाखल्ला गरेकी थिईन् । यी कारणले समेत बेचन र प्रतिक अनुसन्धानको केन्द्रीय पात्र नै हुन् ।

हुन त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसमाथि प्रहार गर्दा समेत यो फाइलको चर्चा गर्ने गरेका थिए । जसमा उनले आरजुकै नाम जोड्दा फाइल खोल्न भने नसकेको आक्षेप खेप्दै आएका थिए । अर्थात यो प्रकरणलाई सत्ता समिकरण देखि नयाँ राजनीतिक कोर्षकै आधारशिला हुनसक्ने रुपमा हेरिदाँ रविको मुटु जाच्ने अश्त्र समेत हो । बेचन पक्राउले सांँठगाठ गरेका नेताहरुको चैन छिनिदा,
उनलाई बयानमा बहकिन नदिनेगरी चलखेल हुनसक्छ । यसअघि यो प्रकरणमा बेचेनको कण्ठमा दामासाइ भाग खाने नेताको नाम अड्कियो चर्चा थियो । फलतः बेचेनले अब कण्ठबाट उनीहरुको नाम ओकल्छनकी, उनको घाँटी बाट छिराएर बाहिर ननिकाली भित्रै डिस्पोज गर्छन् त्यो हेर्न बाकी छ । तर जे होस बेचनको पक्राउले फेरि एक पटक सानो तिनो पराकम्पन ल्याउने संकेत गरेको छ। कथित भिआइपी बेचेन अहिले पक्राउ परे लगतै विरामीको बहानामा बीर अस्पताल भर्ना भएकाछन् । अस्पतातलमै राखेर बयानका लागि ट्युसन पढाउनेसम्मको खेलोमेलो हुन सक्ने चर्चा छ।