Breaking

बालेन रोक्न सुनिताको कमाण्ड, वडाध्यक्षदेखि ओलीसम्मै लागे,घुँडा टेकाउन गठबन्धनकै षडयन्त्र (भिडियोसहित)


काठमाडौँ— ब्राजिलमा ‘भाइरल’ भाषण गरेर काठमाडौं फर्किएका मेयर बालेन्द्र साह आफ्नै महानगरमा भने घेराबन्दीमा छन् । अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलेका बालेनलाई रोक्न यतिबेला राजनीतिक दलको सारा शक्ति लागिपरेको छ ।।

यहि गतिमा बालेनको लोकप्रियता कायम रहे आगामी ०८४ को चुनावमा बडारिने मानसिकताले ग्रसित त्रासकै कारण बालेनलाई ब्याक गर्न गुरिल्लाको शैलीमा खनिएका छन् । जुन कुराको पुष्टि महानगरमा वडाध्यक्षदेखि कार्यपालिका सदस्यको विद्रोहलाई लिन सकिन्छ । चर्चाको सूचीमा औलामा गनिने मध्येकी उपमेयर सुनिता डंगोलको सौम्य प्रतिवादले पनि बालेनलाई घात गरेको राजनीतिका जानकारहरु बताउँछन् ।

बालेनविरुद्ध फ्रन्ट लाईनबाट वडाध्यक्ष र सदस्यले विद्रोहको विगुल फुकेपनि आँगोमा घिउ थप्ने काम मेयरको छेउमै बसेर घुमाउरो भाषामा उनै उपमेयर डंगोलले गरेरहेकी छिन् । सोमबारको नगरसभाको १५ औं अधिवेशनमा कार्यपालिका सदस्य अनिता कार्की ढोलीको बोलीमा लोली मिलाउँदै बालेनलाई सुनिताले पाठ पढाएपछि उनको सौम्य प्रतिवाद र एमालेको कार्यकर्ता भएको प्रत्युत्पादक भयो । सुनिताले अनिताको बोलीमा शैली मिलाउँदै सिंहदरबारमा आगो झोस्ने कुरामा सबक सिकाउन खोजेपछि बालेनविरुद्ध सुनिताले दलको कार्यकर्ता भएर साईलेन्ट हमला गरेको अर्थमा हेरिएको छ ।

सिधासिधी बालेनसंग दूश्मनी मोले राजनीतिक रुपमा आफै सकिने बुझेकि सुनिता सोझै प्रतिवाद गर्दिनन् । तर उनले बालेनविरुद्ध हमला गर्दा, अक्सर यस्तै सार्वजनिक मञ्च रोज्ने गरेकि छिन् । सुनिताले चुनावताका समय कुनै एक कार्यक्रमको मञ्चबाट बालेनलाई ¥यापर इंगित गर्दै गित गाउनेहरु राजनीतिमा आउन लागेको भन्दै गाउने नाच्ने ठाउँ बढाउनु पर्ने आशयको कटाक्ष गरेकी थिइन् ।

स्वतन्त्रबाट उदाएका बालेन र दलबाटै आएको भएपनि युवा जोश भएकी सुनिताको जोडीले महानगरमा विकासको महायुग सुरु हुने धेरैलाई आस थियो । तर बालेनविरुद्ध ओलीको निर्देशनमा वडाध्यक्षहरुले प्रतिवाद गर्दा नजानिधो पारामा सुनिताले टिम मेकरको भूमिका खेलेको आरोप पनि छ । फलतः उनले अरुको शब्द सापटी लिएर बालेनलाई प्रहार गरीरहेकी छिन् । बालेनको अधिकांश काममा मौन स्विकृती दिएकी उनलाई कतिले एमाले हो कि, लौरो भनेर सहजै ठम्याउन सकेका छैनन् । तर सुनिताले यतिबेला डबल स्टाण्ड देखाएर सांकेतिक रुपमा बालेनको इलाकामा धमाका मच्चाउँदै छिन् । उपमेयर भएपछि महानगर बालेनको मात्रै हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ । तर न्युरोडको विषय उछालिएर बालेन–रघुविर आमने सामने हुँदा चुईक्क नबोलेकी सुनिताको मौनताले पनि महानगरप्रति उनले उठाएको अपनत्व कति भन्ने बुझ्न सकिन्छ । किनकी बालेनसंग न्युरोडमा निहुँ खोज्ने वडाध्यक्षदेखि मन्त्रीसम्म एमालेकै कार्यकर्ता थिए । सम्भवतः त्यही भएर पनि उनले तोलाको जिब्रो फड्कारेर विवादको घानमा पर्नुभदा धार्नीको टाउको हल्लाएर जोगिनु बेस ठानिनन् । बालेनका पनि धेरै गुण दूर्गुण होलान । तर जनताको जनमत र उनको लोकप्रियताले राजनीतिक दलालाई हैरानी खेपाउँदैछ । बालेनको विरोध गरे सकिने र पंगा लिन नहुने भाष्यले जवरजस्त रुपमा जरा गाडेको राजनीतिका जानकारहरु बताउँछन् ।

सुनिता डंगोल एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन् । बालेन स्वतन्त्रबाट निर्वाचित मेयर हुन् । पार्टी र पद्धती एउटा होला तर महानगरको विकासमा यी दूवै एक अर्काको परीपुरक हुने पर्ने हो । बाहिर ठिकठाकै देखिएपनि भित्रभित्रै भने एउटा दलको र अर्को स्वतन्त्र भएको भुषको आँगो विस्तारै सल्किदै छ ।