Breaking

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता


काठमाडौँ— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित आज दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए ।

उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ । उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।