Breaking

सहाना प्रधान यू-१९ भलिबलको पुरुषतर्फ गण्डकी च्याम्पियन


काठमाडौँ— लुम्बिनी प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५-१५,२०-२५, २५-२० र २५-२० ले पराजित गरेको हो ।
महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३-० को सेटले पराजित गर्दै उपाधि जितेको छ ।

प्रतियोगिताको महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।