Breaking

झलनाथले भने– दाबी छोडेको बेकारको कुरा हो


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूले अध्यक्ष पदको दाबी नछाड्ने बताएका छन् ।

बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको बताएका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको बताए । तपाईंको नाममा सहमति हुन्छ र ? भन्ने प्रश्नमा उनले भने– “म नहुनुपर्ने के छ र ? ”

एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ ।