मनोरञ्जन

‘बोल्ड’ लेडिको अवतारमा स्वरुपाको ‘मनमा तिम्रो’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – सामाजिक रुपमा केही गर्ने हुटहुटी भएकी र गायनलाई रुची बनाएकी स्वरुप सुवालको मनमा तिम्रो बोलको गित सार्वजनिक भएको छ । मूलत माया–प्रेमको अन्तर्यलाई नजिकबाट नियाल्ने गरी गितमा युवा जमातलाई लक्षित गरेर भिडियो सार्वजनिक गरिएको छ ।

स्वरुपाले गितमा आफैले स्वर भरेकिछिन् । अभिनयमा समेत पाराङ्गत देखिएकी उनले मोटरसाईकलदेखि प्याराग्लाईडिङ, बन्जीजम्पसहितका केही साहसिक दृश्यलाई समेटेर
आफुलाई थप अब्बल सावित गर्ने कोशिस गरेकिछिन् ।

पर्यटकिय नगरी पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा एकातिर फेवाताल देखि साराङकोटसम्मको पर्यटकिय क्षेत्रको प्रर्वद्धनसंगै अर्कोतिर मनमोहक दृश्यले म्युजिक भिडियोलाई थप सुनमा सुगन्ध थप्ने काम गरेको छ ।

नारी चुला चौकामा मात्रै सिमित हुनुपर्छ भन्ने परम्परागत सामामाजिक मनोविज्ञानलाई स्वरुपाको ‘बोल्ड’ अबतारले चिर्ने कोशिस गरेको देखिन्छ । स्वरुपाको गायनसंगै समाजिक क्षेत्रमामसेत विशेष रुची छ । सार्वजनिक गितको शब्द र कम्पोजसमेत उनलै आफैले गरेकिछिन् ।

ओएसआर डिजिटलबाट बुधवार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो निर्देशन सुब्रत आचार्यले गरेका छन् । म्युजिक भिडियोमा विकास लामिछाने र सुवाल आफैले अभिनय गरेकी छिन् ।